कवि वीरु बाङ्देललाई जसराज प्रतिभा पुरस्कार

काठमाडौँ–सिक्किमका कवि वीरु बाङ्देललाई जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल÷बेलायतले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ । नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पु-याएवबापत बाङ्देललाई पुरस्कृत गर्ने निर्णय गरिएको संस्थाका संस्थापक अध्यक्ष रक्ष राईले बेलायतको वेल्सबाट जानकारी गराए ।
भारतीय नेपाली कविताका क्षेत्रमा ख्यातिप्राप्त कवि बाङ्देलका ‘आहट मानेभन्ज्याङको’ र ‘कसाइको बस्तीमा’ दुई कविताकृति तथा लेख, समीक्षा एवं प्रबन्ध विधाका तीन गरी पाँच कृति र दुई गीति एल्बम प्रकाशित छन् । उनले थुप्रै ग्रन्थको सम्पादन समेत गरेका छन् ।
प्रसिद्ध कवि जसराज किरातीका साहित्यिक सिर्जनाहरूको खोजअनुसन्धान, संरक्षण, सम्बद्र्धन एवं प्रकाशन गरी प्रवद्र्धन गर्ने उद्देश्यले चार वर्षअघि नेपाल र बेलायतमा रहेका शुभचिन्तक तथा आफन्तजनहरूको सक्रियतामा स्थापित जसराज किराती प्रतिभा प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिने पचास हजार राशिको पुरस्कारबाट यसअघि कवि मनु मन्जिल र श्रवण मुकारुङ पुरस्कृत भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु