बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

खलनायकसँग विवाह गरिन्, उनी साँच्चै भिलेन निस्किए : आमिरबाईले सम्बन्ध विच्छेदका लागि पतिलाई कार दिइन्, त्यसैमार्फत अपहरणमा परिन्

शुक्रबार, १९ फागुन २०७९, १४ : ४५
शुक्रबार, १९ फागुन २०७९

महात्मा गान्धीको मन पर्ने भजन ‘वैष्णव जन तो तेने कहिये’ थियो । यो गुजराती भजन थियो र यसलाई कन्नड गायिका अमिरबाई कर्नाटकीले गाएकी थिइन् । महात्मा गान्धी अमिरबाईको यो भजनका प्रशंसक थिए । अमिरबाई कन्नड, हिन्दी र मराठी गीतहरूको गायिका र चलचित्रकी नायिका पनि थिइन् । उनको नाम हिन्दी सिनेमाका प्रारम्भिक गायिकाहरूमा पर्छ ।

यदि आज सारा देशका सिनेमाका नायिकाहरूले आफ्नो नाम र हैसियतमा गर्व गर्न सक्छन् भने त्यो अमिरबाई र उनका केही सहकर्मीको कारणले हो । त्यो जमानामा केटीहरूले फिल्ममा काम गर्नुलाई यति खराब मानिन्थ्यो कि परिवारले उनीसँग सम्बन्ध तोड्ने गर्थे, हत्यासम्म गर्न पछि पर्दैनथे । ती केटीहरूलाई ‘तवायफ’ भनिन्थ्यो । त्यति बेला अभिनय र गायनमा सम्मान पाउनका लागि अमिरबाईले नै पूरा समाजसँग लडाइँ लडेकी थिइन् ।  

अमिरबाईको जन्म बिजापुर, कर्नाटकमा भएको थियो । जन्म मितिको कुनै अभिलेख छैन तर उनको जन्म सन् १९१२ मा भएको भनिन्छ । पहिलो भारतीय फिल्म राजा हरिश्चन्द्र पनि त्यही वर्ष बनेको थियो । आमाबाबु अमिना बी र हुसेन साब दुवै गायन र थिएटरमा संलग्न थिए, त्यसैले अमिरबाई र उनका चार बहिनीहरूको जिनमा सङ्गीत थियो ।

सन् १९३१ मा अमिरबाई बिजापुरबाट मुम्बई सरिन् । यहाँ नै उनी शीर्ष अभिनेत्री र गायिका भइन् । उनलाई भारतको पहिलो सिङ्गिङ स्टार पनि भनिन्छ । ग्रामोफोन कम्पनीले पनि उनलाई १९३५ को जमानामा रेकर्डिङका लागि एक हजार भारु दिने गर्दथ्यो । अमिरबाईलाई सङ अफ लभ पनि भनिन्थ्यो किनभने उनले त्यो जमानामा थुप्रै रोमान्टिक गीतहरू गाएकी थिइन् । यद्यपि, उनको आफ्नै जीवन भने प्रेमबाट बिमुख रह्यो ।

उनले त्यो जमानाका शीर्ष खलनायक हिमालयवाला (अफजल कुरेशी)सँग विवाह गरेकी थिइन् । जसले उनलाई असाध्यै कुट्ने गर्दथे । उनको पैसामाथि कब्जा जमाउँथे । यहाँसम्म कि उनले सम्बन्ध विच्छेद गर्नका लागि समेत पैसा दिए । अमिरबाईलाई स्टुडियोबाट रेकर्डिङका बेला अपहरण गरे र कोठामा बन्द गरेर असाध्यै कुटे ।

आज उनको ५८ औँ पुण्य तिथिमा हिन्दी तथा कन्नड चलचित्रकी नायिका तथा गायिका अमिरबाईको जीवनसँग सम्बन्धित केही जानकारी लिऔँ...

singerबिजापुरमा सङ्गीतको बिउ रोपियो, मुम्बईदेखि गुजरातसम्म फैलियो

अमिरबाईले सानैदेखि सङ्गीतको तालिम लिन थालेकी थिइन् । आफ्ना आमाबुवाको निरीक्षणमा, उनी आफ्ना दिदीबहिनीहरूसँग सङ्गीतको अभ्यास गर्ने गर्थिन् । त्यस बेला कर्नाटकको बिजापुर थिएटर कलाकारहरूको गढ थियो । प्रख्यात मराठी थिएटर आर्टिस्ट बाल गन्धर्व पनि आफ्नो नाटक समूह लिएर बिजापुर जाने गर्दथे । बाल गन्धर्वको नजर अमिरबाई र उनकी दिदी गौहरबाईमा पर्‍यो । उनको गायन शैली उनलाई मन परेपछि थिएटरमा काम पाउन थालिन् ।

बाल गन्धर्वको रङ्गमञ्चबाहेक अमिरबाईले अन्य मञ्चमा पनि गाउन थालिन् । उनको सुर पक्का हुँदै गए र त्योसँगै उनको हैसियत पनि बढ्यो । त्यति बेला सिनेमा बढिरहेको थियो । तर त्यति बेला मौन फिल्म मात्रै बन्थे । त्यसमा न गायकीको स्कोप हुन्थ्यो न नै बढी अभिनयको । किनभने त्यति बेलासम्म सिनेमामा महिलाको उपस्थितिलाई नराम्रो मानिन्थ्यो । 

पहिलो बोल्ने फिल्म आलम आरा आयो र अमिरबाई मुम्बई पुगिन्

सन् १९३१ मा पहिलो बोल्ने फिल्म आलम आरा रिलिज भयो । यसका साथै अमिरबाई पनि आफ्नो थिएटरको दुनियाँ बिजापुरमा छोडेर मुम्बई आइन् । यद्यपि, उनी मुम्बई कहिले आइन् भनेर कसैलाई थाहा छैन तर उनको जीवनीमा लेखिए अनुसार आलम आरासँग अमिरबाई पनि मुम्बई आएकी थिइन् । 

singer1सन् १९३४ मा पहिलो फिल्म पाइन्, अभिनय पनि गरिन् र गीत पनि गाइन् 

अमिरबाईले पहिलो ब्रेक सन् १९३४ मा फिल्म विष्णु भक्तिमा पाएकी थिइन् । उनलाई यो फिल्ममा काम आफ्नी जेठी दिदी गौहरबाईको कारणले मिलेको थियो, जो फिल्ममा पहिले नै आइसकेकी थिइन् । तर, यो फिल्मबाट न त उनले पहिचान पाइन्, न नै उनको कामको कदर नै भयो । सन् १९३६ मा रिलिज भएको फिल्म जमानाको ‘इस पाप की दुनियाँ से कहीं और ले चल’ गीतबाट उनले पहिलो ठुलो ब्रेक पाइन् । यो फिल्मबाट उनले पहिचान पाइन्  र त्यसपछि उनले धेरै यादगार गीत गाइन् ।

किस्मतले भाग्य बदल्यो, स्टार गायक बनिन् 

सन् १९४५ को फिल्म किस्मतलाई भारतीय सिनेमाको पहिलो ब्लकबस्टर मानियो । यो फिल्मले थुप्रै स्टार दियो । अशोक कुमार तीमध्ये एक थिए । पहिलो पटक हिन्दी फिल्ममा एन्टी हिरोको अवधारणा देखा परेको थियो । एउटा यस्तो हिरो जो भिलेन जस्तै हुन्छन् । 

यस फिल्मको गीत ‘दूर हटो ए दुनियाँवालो हिन्दुस्तान हमारा है’ गीतले बेलायती सरकारलाई यति विचलित गर्‍यो कि बेलायतीहरूले यसलाई प्रतिबन्ध लगाउन सक्दो प्रयास गरे । यो फिल्म यति हिट भयो कि यसले भारतीय सिनेमाको नक्सा नै बदलिदियो । सन् १९४५ मा, यसले बक्स अफिसमा एक करोड भारु कमाएको थियो, जुन आजको मितिमा २१०० करोड भन्दा बढी हो ।

यसअघि उनले सन् १९४२ मा आएको चलचित्र वसन्तमा पनि आवाज दिएकी थिइन् । उनको गीत ‘हुआ क्या कसूर, हुए जो हमसे दूर’ त्यो युगको सबैभन्दा हिट गीत थियो । यो फिल्मबाट एक बाल कलाकारको पनि डेब्यु भएको थियो, जसको नाम थियो बेबी मुमताज । यिनै बेबी मुमताजलाई केही वर्षपछि भेनस अफ इन्डियन सिनेमा – मधुबालाको नामले चिनियो ।

अभिनेत्री र गायिकाहरूको सम्मानका लागि लडिन्

यो त्यो समय थियो जब राम्रो परिवारका छोरीहरूलाई चलचित्रमा काम गर्न निषेध गरिएको थियो । यो क्षेत्रमा काम गर्ने सबै महिलालाई वेश्यासँग तुलना गर्ने गरिन्थ्यो । अमिरबाई र त्यस युगका केही गायिका र अभिनेत्रीहरूले समाजमा आफ्नो इज्जतका लागि धेरै सङ्घर्ष गरे । समाजको तथानाम वचन र घरपरिवारको विरोधको सामना गर्दै उनले आफ्नो कलाको बलमा छुट्टै पहिचान स्थापित गरिन् ।

उनको जीवनी लेख्ने रहमत तारकीले लेखेकी छिन् – अमिरबाई र त्यस बेला फिल्मी दुनियाँमा आएका केटीहरूका लागि यो लडाइँ स्वतन्त्रताको लडाइभन्दा कम थिएन । यद्यपि, यो लडाइँलाई कहिल्यै खासै महत्त्व दिइएन तर यो तिनै महिलाको हिम्मत थियो जसलाई अभिनेत्री बन्दा लज्जा नभई गर्वको अनुभव हुन्छ । 

खलनायकसँग विवाह गरेपछि उनी वास्तविक जीवनमा पनि खलनायक नै निस्किए

अमिरबाईले १९४० को दशकका चर्चित खलनायक हिमालयवाला (अफजल कुरैशी)सँग विवाह गरिन् । हिमालयवाला त्यति बेला धेरै फिल्ममा खलनायक थिए र ठुलो कलाकार मानिन्थे । यो विवाह अमिरबाईका लागि निकै मुश्किल रह्यो किनभने हिमालयवालाको व्यवहार उनका लागि ठिक थिएन । दिनरातको झगडा र कुटपिटको सिकार हुन्थिन् । हिमालयवालाले उनको सबै पैसा आफ्नो विलासितामा खर्च गर्दथे । विरोध गर्दा अमिरबाईलाई कुटपिट गर्दथे ।

सम्बन्ध विच्छेदका लागि सम्झौता – असाध्यै धेरै पैसा र एक कार

श्रीमान् हिमालयवालाबाट पीडित अमिरबाई कुनै पनि हालतमा उनीसँग अलग हुन चाहन्थिन् । श्रीमानका कारण उनको गायन करियरमा पनि समस्या आइरहेको थियो । अभिनयको करियर खासै राम्रो चलिरहेको थिएन । त्यति बेला लता मंगेशकर र आशा भोसलेजस्ता गायिकाहरूको पनि आगमन भइसकेको थियो । उनले यसै पनि काम पाइरहेकी थिइनन् । उनले श्रीमानसँग छुट्टिनका लागि उनलाई एउटा प्रस्ताव दिइन् – धेरै पैसा लिउ, एउटा कार पनि । तर मलाई छोडिदेउ । श्रीमान् पनि राजी भए ।

singer2सम्बन्ध विच्छेदका लागि दिएको कारबाट श्रीमानले गरे अपहरण 

अमिरबाईले आफ्नो श्रीमानलाई धेरै पैसा र एउटा कार दिइन् । यसबापत उनको जीवनमा हस्तक्षेप नगर्ने निर्णय भयो । श्रीमान् हिमालयवालाले पनि सहमति जनाए । श्रीमानबाट छुट्टिएर भोलिपल्ट अमिरबाई रेकर्डिङका लागि स्टुडियो पुगिन् । अब आफ्नो गायनलाई समय दिन सकिन्छ भन्ने कुरामा ढुक्क थिइन् । तर केही बेरपछि श्रीमान् त्यही कारबाट स्टुडियोमा पुगे जुन अमिरबाईले दिएकी थिइन् । 

उनले सबैको अगाडि अमिरबाईलाई अपहरण गरे । स्टुडियोका मानिसहरू हेरेको हेर् यै भए । गाडीमा बसेर घरमा लगेर कोठामा थुनिदिए । अमिरबाईका वकिल चेलशंकर व्यासले त्यस दिन हिमालयवालाले उनलाई कोठामा थुनेर निर्घात कुटपिट गरेको बयान दिएका थिए ।

मुद्दा हालिन् र सम्बन्ध विच्छेद गरिन्

यो सम्पूर्ण घटनापछि अमिरबाईले आफ्ना वकिल चेलशंकर व्यासको सहयोगमा अदालतमा मुद्दा दायर गरिन् । उनले श्रीमानमाथि धेरै गम्भीर आरोप लगाइन् । हिंसा र दुर्व्यवहारको लामो समयपछि अन्ततः उनले श्रीमानबाट मुक्ति पाइन् । श्रीमानबाट अलग्गिइन् तर सम्बन्धको झट्का निकै लामो समयसम्म रहिरह्यो । उनी केही वर्षसम्म डिप्रेसनमा रहिन् । त्यसपछि सम्पादक बद्री कांचवालासँग दोस्रो विवाह गरे । यो विवाह निकै शानदार रह्यो । उनका पूर्व श्रीमान् हिमालयवाला पनि विभाजनपछि पाकिस्तान गए र पाकिस्तान फिल्मका निकै ठुलो अभिनेता बने ।

singer3लता मंगेशकर स्टार बनेपछि गायन करियर समाप्त भयो

सन् १९४७ देखि फिल्मी दुनियाँमा गायनका लागि लता मंगेशकरको नाम मात्रै शीर्षमा थियो । उनकी बहिनी आशा भोस्लेको पनि निकै तारिफ भइरहेको थियो र उनीहरू दुवैको गायनका कारण अन्य धेरै गायिकाको करियर धरासयी हुँदै गएको थियो । तीमध्ये अमिरबाई पनि एक थिइन् ।

गायनमा करियरको ग्राफ घट्दै गएको देखेर अमिरबाईले अभिनयमा ध्यान दिन थालिन् । यसमा पनि उनले मुख्य भूमिका पाउँदैन थिन्  । धेरैजसो सपोर्टिङ आर्टिस्ट जस्तै आमा, बहिनी, भाउजूजस्ता पात्र मात्रै उनको हिस्सामा आउँथे । 

पक्षाघात र गुमनाम मृत्यु

२७ फेब्रुअरी १९६५ मा अमिरबाईलाई पक्षाघात भएको थियो । गायन र अभिनयको दुनियाँमा यति धेरै काम गर्ने महिलाको यो अवस्थाबारे बाहिरी दुनियाँलाई केही थाहा थिएन ।

४ दिनसम्म यो रोगसँग लडेर ५५ वर्षको उमेरमा ३ मार्च १९६५ मा उनको निधन भयो । गायन र अभिनयको दुनियाँमा यति काम गर्ने महिलाको अवस्थाबारे कसैलाई केही थाहा भएन । 

४ दिन यो रोगसँग लडेपछि ३ मार्च सन् १९६५ मा ५५ वर्षको उमेरमा उनको मृत्यु भयो । त्यति बेला पनि उनको कामले त्यो पहिचान पाउन सकेन । मृत्युको चार दिनपछि एउटा सानो खबर पत्रिकामा आयो जसको शीर्षक थियो – अमिरबाई कर्नाटकीको निधन भयो । आफ्नो गायन र अभिनयबाट भारतीय सिनेमामा महिलालाई सम्मान दिलाउने कलाकारको मृत्युपछि मानिसहरूले उनको अस्तित्वको वास्तविक अर्थ बुझे तर त्यति बेलासम्म धेरै ढिलो भइसकेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप