नारी दिवसको अवसरमा नर्भिकले साताभरि छुट दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचार सेवा र हेल्थ प्याकेजहरूमा भारी छुटको स्किम सार्वजनिक गरेको छ । हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो ।
नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरूमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म(एक साता)का लागि १५ प्रतिशत छुट दिनेछ । सो अवधिमा महिलाहरूको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ ।
यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरिएको छ । यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ ।
यी सबै खालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन(६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अजिनक्या रहाणे कोलकाता नाइट राइडर्सको कप्तान, वेंकटेश ऐयरलाई उपकप्तानको जिम्मेवारी
-
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
-
युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?