मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नइका तीन कृति लोकार्पण

शुक्रबार, १९ फागुन २०७९, ०७ : १७
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति  वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । उक्त कृतिका सम्पादक रहेका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताए । 

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्रा.डा.वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललितत्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘मोदनाथ प्रश्रित : भुइँदेखि शिखरसम्म’ नामक जीवनी ग्रन्थको पनि लोकार्पण गरेका थिए। यी तीन वटै कृति नइ प्रकाशनद्वारा प्रकाशित भएका हुन् ।

वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा डा. मोदनाथ प्रश्रित, प्रा.डा. वीणा पौड्याल, अणुराज जोशी, वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रस्तुत भएको थियो । 

वानीरा फाउन्डेसनका कार्यक्रम संयोजक भगवती बस्नेतद्वारा सञ्चालित उक्त समारोह वानीरा फाउन्डेसन भवनमा सम्पन्न भएको थियो । नेपाली साहित्यको इतिहासमा जनस्तरबाट स्थापना भएको स्रष्टाको सङ्ग्रहालय वानीरा फाउन्डेसन नै पहिलो मानिन्छ ।  

वैरागी काइँलाबाट वानीरा फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप