कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो
शुक्रबार, १९ फागुन २०७९, ०७ : ०८
![कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो](https://npcdn.ratopati.com/media/news/_128835703_gettyimages-1470806422-(1)_63ushfelWh.jpg)
मड्रिड । लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ ।
खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो । स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । ज्याभीको टोलीले रक्षात्मक खेल प्रदर्शन गर्दै रियलको आक्रमणलाई विफल बनाएको थियो । अब दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग