कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने