श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
बिहीबार, १८ फागुन २०७९, १८ : ५३

बागलुङ । बागलुङमा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–२ बनौ बस्ने ४५ वर्षीय केशव नेपालीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बिहीवार पक्राउ गरेको हो ।
केशवले आफ्नै बारीमा आलु खन्ने क्रममा ३५ वर्षीया राधा नेपालीको बाउसो प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएकी राधाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?
-
बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा
-
टेलिमेडिसिन : मानसिक स्वास्थ्य पहुँचको नयाँ बाटो
-
आइतबार बन्यो आईपीएलको रेकर्ड तोडिने दिन
-
यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी