अफ्रिकन महिलालाई ठमेलमा ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ

काठमाडौँ । अफ्रिकन महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगाण्डा घर भएकी नतासा भनेर चिनिने इमाकुलेट नाबासुम्बा छन् ।
परिवर्तित नाम बबरमहल–२६ लाई नेपालमा राम्रो काम पाइन्छ भनेर नतासाले काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ल्याएर ठमेल स्थित होटल ‘होटल जर्नी होम प्रालि’मा राखेर आरोपीले पीडितलाई वेश्यावृत्ति गर्न बाध्य बनाएको मानव बेचविखन ब्यूरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
पीडितलाई एक दिनमा ५ देखि ७ जनासँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडित बिरामी भएर युगाण्डा फर्कन भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा नतासाले उनको टिकट क्यान्सिल गरिदिइन् ।
टिकट क्यान्सिल गरेपछि पीडित प्रहरीको सम्पर्कमा पुगेकी हुन् । आरोपीलाई फागुन १५ मा पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसएसपी श्रेष्ठले बताए । आरोपीले पीडित महिलासँग यौन सम्पर्कबापत पुरुषहरुसँग ४ देखी ५ हजार असुल्ने गरेको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन