सुष्मिता सेनलाई हृदयाघात
बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात भएको छ । उनले इन्स्टाग्राम अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । ४७ वर्षकी नायिकाले आफ्नो एन्जियोप्लास्टि गरिएको पनि बताइन् ।
आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘‘आफ्नो मुटुलाई खुसी र साहसी राख र यसले तिमीलाई त्यति बेला साथ दिनेछ जब तिमीलाई यो सबैभन्दा बढी खाँचो पर्छ, सोना’ (यो भनाई मेरो विद्वान बुवाको हो ) ।’
यो सँगै उनले थपेकी छिन्, ‘केही दिन अघि मेरो हृदयाघात भयो । एन्जियोप्लास्टी पनि गरियो । यस्तै, मेरो कार्डियोलोजिस्टले मेरो मुटु धेरै ठुलो छ भनेर भन्नुभयो ।’
‘समयमा नै सहयोग गर्ने धेरैलाई धन्यवाद भन्न चाहन्छु,’ उनले थपिन् ।
‘यो पोस्टमार्फत् मेरा प्रियजन र प्रशंसकलाई खुसीको खबर सुनाउन चाहन्छु कि अहिले सबै कुरा ठिक छ,’ उनले लेखेकी छिन् ।
उनको यो पोस्टले धेरैलाई चकित पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या
-
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने
-
अध्यादेश स्वीकृत हुनेमा उच्चस्तरीय राजनीतिक संयन्त्र ढुक्क