मेयर शाह र सांसद पौडेलबीच भयो ७ विषयमा कुराकानी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाडौँ– ५ का सांसद पौडेलले बिहीबार उक्त क्षेत्रको विकासका लागि ७ विषयमा केन्द्रित रहेर मेयर शाहसँग कुराकानी गरेका हुन् ।
‘काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग अर्थपूर्ण भेटघाट भयो। भेटमा हामीले काठमाडौं महानगर र क्षेत्र नम्बर ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी गर्यौं,’ पौडेलले भने।
सांसद पौडेल र मेयर शाहबीच कलंकीदेखि धोबीखोलासम्म चक्रपथ विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउने विषयमा कुराकानी भएको थियो ।
साथै मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने विषयमा कुराकानी भएको पौडेलले बताए । हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने र यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने विषयमा पनि कुराकानी भएको उनले बताए ।
धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने विषयमा पनि कुराकानी भएको सांसद पौडेलको सचिवालयले जानकारी दिएको छ।
‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो। काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनु भएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु,’ पौडेलले भनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म