मन्त्री किरातीको प्रश्न, ‘नागरिकको पहुँचमा किन भएन एयरपोर्ट ?’
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एयरपोर्ट आम नागरिकको पहुँचमा नभएको बताएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा एयरपोर्टसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई प्रश्न गर्दै भने, ‘नागरिकको पहुँचमा किन भएन एयरपोर्ट ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बैठकमा मन्त्री किरातीले भने, ‘हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने बाचा गरेका छौँ । मन्त्रालयको कार्यक्षेत्रभित्र एयरपोर्ट छ । एयरपोर्ट देशको अनुहार हो, एयरपोर्ट सुविधा र यात्रु मैत्री हुनुपर्छ । संसारको उदाहरणहरुमा नेपालको एयरपोर्ट व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ । तर अहिलेसम्म नागरिकको पहुँचमा किन एयरपोर्ट भएन ?’ मन्त्री किरातीले प्रश्न गरे ।
सो अवसरमा मन्त्री किरातीले अन्तर मन्त्रालयहरुको सम्बन्ध र एक विभाग र अर्को विभागसँग सम्बन्ध रहेको कारण कतिपय अवस्थामा यात्रुले सास्ती व्यहोर्नु परेको समेत बताए । जुन मन्त्रालयमा भए पनि अन्ततः नेपाल सरकार नै भएकाले जुँगाको लडाई नगर्न र नागरिकको सेवा लाग्न निर्देशन गरे ।
मन्त्री किरातीले एरपोर्ट बाहिर काउन्टर थप्दै घण्टौँ लाइन बस्नुपर्ने समस्या समाधान गर्न निर्देशन दिए । बोर्डिङ पास लिने ठाउँसम्म असक्त मान्छेहरूलाई सहयोग गर्न जाने व्यवस्था मिलाउन समेत उनले निर्देशन दिए । ‘पहुँच हुने मान्छे त भित्र सम्म गइहाल्छ, तर पहुँच नहुने मान्छे आफ्नो आफन्त भित्र पठाएर बाहिर छटपटाउँछ । यो दूर्दसाको अन्त्य हुनुपर्छ’ मन्त्री किरातीले भने ।
सोही अवसरमा मन्त्री किरातीले सुरक्षाको नाममा नागरिकले अनाहकमा दुःख दिन नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा