३१ दिनमा सकियो नम्बरी सुनको छायांकन
काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म नम्बरी सुनको छायांकन सकिएको छ । काठमाडौँ, लम्जुङ्गकको भुजुङ्ग गाउँ लगायत देशको विभिन्न स्थानमा छायांकन भएको फिल्म ३१ दिनमा सकिएको हो । ७० वर्ष पुरानो कथामा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् ।
खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मान महर्जन लगनयत कलाकारको अभिनय रहेकोछ ।
सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर बनाएका हुन् । नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु