सुदूरपश्चिमका बैंकमा ‘नो डिपोजिट’ पोस्टरसहित ताला

धनगढी । सुदूरपश्चिममा आन्दोलित व्यापारीहरूले यहाँस्थित बैंकका शाखाहरुमा नो डिपोजिट लेखिएको पोष्टर टाँस्दै तालाबन्दी गरेका छन् ।
बैंकहरुले मनलाग्दी गरेको ब्याजदर वृद्धिको विरोधमा आन्दोलनरत व्यापारीहरूले बिहीबार नो डिपोजिट पोष्टर टाँसेका हुन् । बैंक कार्यालयहरू बन्द गराइएपछि पैसा भुक्तानी, जम्मा, ब्याज बुझाउनेलगायतका कार्यहरु प्रभावित भएका छन् ।
उद्योगी व्यवसायीहरुले व्यवसायीमाथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गरलगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले व्यवसायीहरू मर्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउनतर्फ कुनै चासो नलिएको दुखेसो सुनाए ।
ब्याजदर वृद्धिको विरोधमा प्रदेशका नौ वटै जिल्लामा उद्योगी व्यवसायीहरुले आन्दोलन चर्काएका हुन् । आफूहरूको माग सुनुवाइ नभए चैतदेखि आन्दोलनलाई थप सशक्त पारिने बताइएको छ ।
कैलाली उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि बैंकको ब्याजदरविरुद्ध आन्दोलन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म