नागाल्याण्ड विधान सभामा पहिलो पटक देखिनेछिन् महिला विधायक

नागाल्याण्ड विधान सभा चुनावमा पहिलो पटक कुनै महिलाले जीत हासिल गरेकी छिन् । एनडिपिपीबाट हेकानी जखालुले विधान सभा चुनाव जितेकी छिन् । हेकानी दिमापुर–३ सिटबाट मैदानमा थिइन् ।
यस्तै, एनडिपिपीकी उम्मेदवार एक क्रुसे पनि वेस्टर्न अंगामी सिटबाट अघि बढिरहेकी छिन् र उनी जित नजिक छिन् । यदि क्रुसे पनि जित्छिन् भने यस पटक नागाल्याण्ड विधान सभामा दुई महिला विधायक देखिनेछन् ।
समाचार एजेन्सी पिटिआईका अनुसार नागाल्याण्डमा कुल १३ लाख १७ हजार मतदाता छन् । यीमध्ये ६ लाख ५६ हजार महिला मतदाता छन् । अर्थात् नागाल्याण्डमा महिला मतदाताको सङ्ख्या ४९.८ प्रतिशत छ ।
तर यति हुँदा हुँदै पनि सन् २०२३ अघि कुनै चुनावमा नागाल्याण्ड विधान सभामा कुनै महिला उम्मेदवार पुग्न सकेका थिएनन् ।
यसपटकको चुनावमा मैदानमा कुल १८३ उम्मेदवार थिए । यीमध्ये चार महिला मात्रै चुनाव लडिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक