मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन उपहार
बिहीबार, १८ फागुन २०७९, १४ : ३५

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई गोल्डेन आइफोन उपहार दिएका छन् ।
मेस्सीले टिमका सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको ‘दी सन’ले उल्लेख गरेको छ ।
मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको उपाधि जितेको थियो ।
उक्त खेलमा मेस्सी उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैको सम्झना स्वरुप सबै टिमका खेलाडी र स्टाफलाई उनले आइफोन बाडेका हुन् ।
मेस्सीले दिएको आइफोनमा खेलाडीको नाम र नम्बरसहित अर्जेन्टिनाको लोगो पनि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली