हुण्डाईको नयाँ ग्रान्ड आई १० निओस सार्वजनिक

काठमाडौँ । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई १० निओस मोडलको फेसलिफ्ट भर्सन भित्राएको छ । हुण्डाई ग्रान्ड आई १० निओसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । कम्पनीले ग्रान्ड आई १० निओस अझ बढी परिष्कृत, आरामदायी र नवीनतम फिचरले भरिएको कम्पनीले जनाएको छ ।
पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ । सुरक्षाको हिसाबले नयाँ ग्रान्ड आई १० निओस पहिले भन्दा पनि बढी परिष्कृत र नवीनतम रहेको कम्पनीको भनाई छ । यो गाडी एडभान्सड हाईस्ट्रेन्थ स्टीलद्वारा तयार गरिएको छ ।
गाडीमा चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने फिचर पनि रहेको कम्पनीले जनाएको छ । नयाँ ग्रान्ड आई १० निओसको प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो
-
यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य
-
टोलीको जितपछि पनि कप्तान रियान परागलाई १२ लाखको घाटा
-
आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु
-
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा
-
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास