रुसको जङ्गलमा प्रेमिकासँग बसिरहेका छन् पुटिन : जिमनास्ट एलिना कबाइबाका लागि बनाए यस्तो महल
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नी जिम्नास्ट प्रेमिका एलिना कबाइबासँग सन्तानसहित रुसको जङ्गलमा निकै विलासी जीवन बिताइरहेको एक नयाँ अनुसन्धानले दाबी गरेको छ ।
प्रोएक्ट इन्डिपेन्डेन्ट मिडिया ग्रुपमा प्रकाशित एक रिपोर्टले भाल्डाईस्थित जङ्गलमा उनीहरुको गोप्य जीवनबारे जानकारी दिइएको छ । कबाइबाको निजी काठको महल मस्कोको उत्तर–पश्चिमबाट २५० माइल टाढा छ ।
बच्चाहरू नाबालिग छन् त्यसैले प्रोएक्टले रसियाली राष्ट्रपतिको उत्तराधिकारीबारे जानकारी दिएको छैन । उनीहरुको सङ्ख्या र लिङ्ग पनि गोप्य राखिएको छ ।
‘यद्यपि, उनीहरू कहाँ लुकिरहेका छन् भनेर जानकारी भने दिँदै छौँ,’ उक्त प्रकाशनले भनेको छ ।
७० वर्षका पुटिन र ३९ वर्षका कबाइबाका थुप्रै सन्तान छन् भनेर यसअघि जानकारी दिइएको थियो ।
यद्यपि, उनीहरूबारे कहीँ कतै केही जानकारी उपलब्ध छैन । यस्तै, पूर्व ओलम्पिक खेलाडीले आफू भ्लादिमिरसँगको सम्बन्धमा रहेको स्वीकारसमेत गरेकी छैनन् ।
‘यो अनुसन्धानको क्रममा प्रोएक्टका पत्रकारले रसियाली राष्ट्रपति र उनकी प्रेमिकाबीचको सम्बन्ध र यी दुईले आफ्नो महल बनाउने क्रममा मध्यकालीन इतिहासका पुस्तकहरूको नक्कल गरेको देखिएको छ ।’
पुटिन र उनकी प्रेमिकाको सम्पत्ति र महलको विवरण कहीँ कतै नभेटिएपछि यो अथाह भएको धेरैले दाबी गरेका छन् ।
नयाँ तस्बिरमा पुटिन लुकिरहेको महललाई पहिलो पटक देखिएको छ ।
सत्तामा आएपछि पुटिनले भाल्दाइ नामको महल बनाए । यो भवनलाई एफएसओ सेक्युरिटीले सुरक्षा दिन्छ ।
‘सन् २०१३ मा पुटिनले पूर्व फर्स्ट लेडी ल्युडमिलासँग आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरे । तर उनलाई भाल्दाई सधैँ मन परिरह्यो । गोल्डेन हाउस नाम दिइएको यो घरमा नै उनले आफ्नी नयाँ प्रेमिका (कबाइबा) लाई पहिलो पटक ल्याए ।’
रिपोर्टमा भनिएको छ, ‘तर पछि उनले कबाइबा र उनका छोराछोरीका लागि काठको नयाँ महल बनाए । यो गोल्डेन हाउसभन्दा ८०० मिटर टाढा छ । यो घर सन् २०२० देखि बनाउन सुरु गरिएको हो ।’
यहाँ हेरौँ घरभित्रका केही तस्बिर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति