कोरोनाविरुद्धको बुस्टर डोज लगाएपछि क्यूआर कोड कसरी लिने ?
काठमाडौँ । पछिल्लो समय पूर्ण मात्रा खोप लगाएको क्यूआर कोडसहित विद्युतीय खोप प्रमाणपत्र लिइसकेपछि अब बुस्टर मात्रा लगाएको विवरण थप्न मिल्छ कि मिल्दैन भनेर अलमलमा परेको पाइन्छ । क्यूआर कोड लिइसकेकाले बुस्टर डोज खोप लगाएपछि विवरण थप गरी कसरी क्यूआर कोडसहितको विद्युतीय प्रमाणपत्र लिने भनेर धेरैजसोमा अलमल हुने गरेको पाइएको हो ।
बुस्टर डोज खोप लगाएकाले https://vaccine.mohp.gov.np/search मा गई बुस्टर अतिरिक्त मात्रा सहितको विवरण भरी क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र लिन सकिने परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम बताउँछन् ।
क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र आउन ढिला भए वा प्राविधिक समस्या आएमा के गर्ने ?
स्वास्थ्य मन्त्रालयका अनुसार क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्रमा बुस्टर अतिरिक्त मात्राको विवरण थप्न सकिन्छ । क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र पहिलै बनाइ सक्नेहरूले हाल बुस्टर मात्रा खोप लगाएकाले बुस्टर मात्रासहितको प्रमाणपत्र लिन यसरी भर्न सकिन्छ ।
–पहिले झैँ https://vaccine.mohp.gov.np/search मा लगइन गरी प्रमाणीकरणका लागि आवेदन फारम क्लिक गर्ने ।
–प्रमाणीकरणको स्थिति बटनमा क्लिक गर्ने ।
–दर्ता नं भर्ने र ‘खोज्नुहोस्’ क्लिक गर्ने, त्यसपछि तल पट्टी देखाइएका सर्च पेजमा क्लिक गर्ने ।
–‘खोज्नुहोस्’मा दर्ता नम्बर वा परिचयको प्रकार र मोबाइल नम्बर राखी ‘खोज्नुहोस्’ मा क्लिक गर्ने ।
–अनि तल पट्टी देखा परेको ‘अतिरिक्त डोज प्रविष्ट गर्नुहोस्’ मा क्लिक गर्ने ।
–बुस्टर मात्रा खोप लगाउनेले ‘म यो प्रक्रियामा अगाडि बढ्न तयार छु’ बटन क्लिक गर्ने ।
–खुलेको फारामको खोप विवरणमा पहिलो र दोस्रो मात्रामा जस्तै ‘अतिरिक्त डोज सम्बन्धी जानकारी’ भर्ने र ‘अद्यावधिक गर्नुहोस्’ बटनमा क्लिक गर्ने ।
यस सम्बन्धी कुनै समस्या आइपरेमा १११५ वा ११३३ मा फोन गरी परामर्श सकिने स्वास्थ्य मन्त्रालय जनाएको छ ।
क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा कुनै प्राविधिक समस्या आएमा वा सो प्रमाणपत्र आउन ढिला भएमा जोन्सन एण्ड जोन्सनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क राखी क्यूआर कोड सहितको खोप प्रमाणपत्र लिन सकिन्छ ।
परिवार कल्याण महाशाखाका अनुसार स्थानीय खोप केन्द्रबाट अन्तिम कोरोना विरुद्धको खोप लगाइएको थियो सोही स्थानबाट क्यूआर कोड प्राप्त गर्न सकिन्छ ।
संघिय सरकारले सुरुवाती समयमा परिवार कल्याण महाशाखामार्फत क्यूआर कोड सहितको प्रमाण पत्र दिइने व्यवस्था गरेको थियो । पछि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिने जिम्मेवारी स्थानीय तहलाई दिएको परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमले बताए ।
जहाँ जहाँ कोरोना विरुद्धको पूर्ण मात्रा खोप तथा पहिलो बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप लगाएकाहरुले स्थानीय तहमार्फत क्यूआर कोड प्राप्त गर्न सक्ने उनले बताए । सरकारले कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लक्षित समूहलाई दिइरहेको छ । जसमा १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती, ५५ वर्षभन्दा माथिका सबै नागरिकलाई दिइने उनले बताए । पहिलो दोस्रो बुस्टर डोज लगाएका पनि स्थानीय तहबाट क्यु आर कोड प्राप्त गर्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस