एमाले र विप्लवका विद्यार्थीबीच स्ववियु चुनावमा सहकार्यबारे छलफल
बिहीबार, १८ फागुन २०७९, १० : ४१

काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ ।
बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू बसेर चुनावमा सहकार्य गर्ने विषयमा छलफल गरेका हुन् । स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए । यस्तै अनेरास्ववियु समिक बडाल र महासचिव नरेश रोकाया लगायत विद्यार्थी नेताहरू छलफलमा सहभागी भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लवलाई तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन किन ?
-
नवराज सुवेदी नेतृत्वमा हुने 'जनआन्दोलन'लाई राप्रपा नेपालको समर्थन तर कमल थापाको सट्टामा तारानाथले प्रतिनिधित्व गर्ने
-
राजावादीको जुलुसबारे कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ
-
राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने राप्रपाको निर्णय
-
महेन्द्र मोरङमा खस्यो २६ सय मत, राति ८ बजेदेखि मतगणना गर्ने तयारी
-
प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने निर्णय