पुनरागमन गर्दै युनाइटेड क्वार्टरफाइनलमा
बिहीबार, १८ फागुन २०७९, ०७ : १२

म्यानचेस्टर । एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई हराएर एफए कपको क्वार्टरफानलमा प्रवेश गरेको छ । बुधबार राति युनाइटेड ३–१ गोलले विजयी बनेको हो ।
साइद बेनराहमाले खेलको ५४ औँ मिनेटमा वेस्ट ह्यामलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, ७७ औँ मिनेटमा नायेफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा फर्कियो । खेलको ९० औँ मिनेटमा अलेहान्द्रो गारानाचोले गोल गर्दै टोलीको पुनरागमन पुरा गरे । इन्जुरी समयमा फ्रेडले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
युनाइटेडले आइतबार मात्र न्युक्यासललाई हराउँदै काराबाओ कप जितेको थियो । टोलीले एफए कप भने १२ पटक जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै