नेपालमा आत्महत्या गर्ने बढ्दै

काठमाडौँ । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो ।
पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा भने पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । सङ्ख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७५/७६ पाँच हजार सात सय ८४ जनाले आत्महत्या गरे भने २०७६/७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा भने सात हजार एक सय १७ जनाले आत्महत्या गरे । पछिल्लो यो वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या आठबाट बढेर १४ प्रतिशतले उकालो लाग्यो,' जनस्वास्थ अधिकृत मिजारले भने । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रिमियर लिगमा बर्नमथ विजयी
-
स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी
-
कति पुग्यो डलर, युरो, दिराम, दिनार र रियालको मूल्य ?