प्रधानमन्त्रीसमक्ष युवा परिषद्को वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय युवा परिषद्ले वार्षिक प्रतिवेदन पेश गरेको छ । आज उनलाई सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतिवेदन बुझाएका हुन् । परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा गरेका काम र गतिविधि समेटिएको छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा २४ को उपदफा २ बमोजिम वार्षिक प्रतिवेदन बुझाइएको बस्नेतले जानकारी दिए ।
प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता, स्वयंसेवक विकास तथा परिचालन, प्रतिभा पहिचान तथा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा सहजीकरण र वित्तीय साक्षरतालगायतका कार्यक्रम समेटिएका छन् । त्यसैगरी विज्ञान तथा प्रविधि प्रवद्र्धन, नवप्रवर्तन तथा इन्कुवेसन, नेतृत्व विकास कार्यक्रम, नमुना युवा संसद् अभ्यास, विद्यालय उद्यम कार्यक्रमलगायतका कार्यक्रम प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझाउँदा उपाध्यक्ष बस्नेतसहित युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, सहसचिवद्वय शिवराम न्यौपाने र इमनारायण श्रेष्ठ, परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मा र राजेश मैनालीसहितको उपस्थिति थियो । युवाको नेतृत्वका विकास गर्नका लागि सरकारले युवा परिषद् गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग