पर्यटन क्षेत्रमा लगानी भित्र्याउँछौँ : मुख्यमन्त्री शाह

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशमा लगानी भित्र्याउन सरकार केन्द्रित हुने बताएका छन् । आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार (नयाँ रुट) को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले पर्यटनलाई स्मृति र विकासको आधार मानेर प्रदेश सरकारले आगामी योजना ल्याउने जानकारी दिए ।
उनले सुदूरपश्चिमको समग्र विकासका लागि पर्यटन क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागि निजी क्षेत्रसँगसमेत समन्वय गरेर अघि बढ्ने बताए । सो कार्यक्रममा मुख्यमन्त्री शाहसँगै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको पनि सहभागिता थियो । प्रवेशद्वार उद्घाटनपछि मुख्यमन्त्री शाहसँगै मन्त्रीहरुले पनि निकुञ्जको अवलोकन भ्रमणसमेत गरेका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रबाटसमेत प्रवेशका लागि बेल्डाँडीको इमलियाबाट नयाँ रुट सञ्चालनमा ल्याइएको हो । सो रुटका लागि सङ्घीय सरकारले यसअघि नै निर्णय गरेको थियो । नयाँ रुटअन्तर्गत बेल्डाँडी क्षेत्रमा भएर बग्ने चौधर नदीमा काठको पुल निर्माण गरी शुक्लाफाँटाभित्र डेढ किलोमिटर सडक खोलिएको छ । उक्त नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको बेल्डाँडी गाउँपालिकाले जनाएको छ ।
विश्वमै दुलर्भ बाह्रसिङ्गाको ठूलो झुण्ड अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित शुक्लाफाँटा प्रवेशका लागि यहाँको मझगाउँमा एउटा मात्रै प्रवेशद्वार थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण