सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनामा आक्रमण, कारबाही गर्न इप्पानको माग

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माणाधीन जलविद्युत आयोजनामा आगजनी, तोडफोड तथा आक्रमण भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार सीता हाइड्रोपावरले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा आक्रमण भएको इप्पानले जनाएको हो ।
यो त्रासदीपुर्ण र आपराधिक घटनाको विरोध गर्दै इप्पानले त्यसको उचित क्षतिपूर्ति लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । साथै यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न एवम् पीडक पक्षलाई उचित क्षतिपूर्तिको लागि जिम्मेवार बनाउन इप्पानले माग गरेको छ ।
साथै, घाइते भएका कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत माग गरेको छ । यो आयोजना २०७७ साल मंसीर ८ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७८ साल जेठदेखि निर्माण भइरहेको तथा २०८१ साल असार १५ गते व्यापारिक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
हाल श्रमिकको आवास गृह र सशस्त्र प्रहरीको आवासीय भवन निर्माण गरिसकेको छ भने बंकर र क्रसर मेशिनको कार्य पनि सकिएको छ ।विद्युत गृहदेखि आउटलेट हुँदै इन्टेकसम्मको १२ किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको २.३ किलोमिटरको सुरुङ,विद्युत गृह तथा प्रोटेक्सन वालको निर्माण पनि जारी छ ।
हालसम्म आयोजनाको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने आयोजनाको निर्माणमा करिब ३ सय दक्ष तथा अर्धदक्ष जनशक्तिले रोजगारी पाएका छन् । १५ गते गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत् प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते