हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु
बुधबार, १७ फागुन २०७९, २० : ५१

बारा । हात्तीको आक्रमणबाट बाराको टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ । बुधबार जीतपुरसिमरा उपमहानगरपालिका १६ का ४५ वर्षीया जापाङ दर्लामी मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मगरलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको उपमहानगर ६ का वडाध्यक्ष हरिदेव खरेलले जनाएका छन् । केही दिनदेखि सो क्षेत्रमा हात्ती पसेर आतंक मच्चाउन थालेको वडाध्यक्ष खरेलले बताए ।
यसअघि पनि हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।