जाजरकोटमा लघु वित्तका कर्मचारीलाई लुटेको आरोपमा ६ जना पक्राउ
काठमाडौँ । जाजरकोटमा लघुवित्तका कर्मचारीलाई लुटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंगलबार जाजरकोटको भेरी नगरपालिका–११ मा एनआइसी एसिया लघु वित्तका कर्मचारी गोपाल उपाध्याय लुटिएका थिए । अज्ञात समूहले उनको साथमा भएको ५ लाख नगद, मोबाइल र कागजात लुटेर भागेका थिए ।
लुटमा संलग्नहरुलाई पक्राउ गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा विराजन शाही, लोकेन्द्र विक, कर्णबहादुर सार्की, बलबहादुर मल्ल, दिपेन्द्र सिंह र वीरबहादुर नेपाली छन् ।
पक्राउ परेकामध्येका बल बहादुर मल्ल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । मल्ल डोल्पा र जाजरकोटको इन्चार्ज हुन् । विराजन जाजरकोट जिल्लाको सेक्रेटरी रहेको थाहा भएको छ ।
मंगलबार दिउँसो ३ बजे लुटपाटपछि उनीहरुले उपाध्यायलाई कालोमोसो दलेका थिए । आरोपीहरु बिरुद्ध प्रहरीले डाँकाचोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक घट्यो
-
जैसवाल,कोहली र राहुलको उत्कृष्ट ब्याटिङसँगै भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य
-
जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?