एक करोड १० लाख बराबरका गरगहनासहित तीनजना पक्राउ
बुधबार, १७ फागुन २०७९, २० : २९

चितवन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश बलिया जिल्लाका ४२ वर्षीय विनोद प्रसाद, कारमा सवार भारतको पश्चितम बंगाल हौडा जिल्लाका ५१ वर्षीय गणपत कुमार तोसावर र कारमा सवार सोही स्थानका ४२ वर्षीय नरेश बर्मा रहेका छन् ।
कारमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको छ । उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर