मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार शुरु

बुधबार, १७ फागुन २०७९, १८ : ५२
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार शुरु भएको छ । 

बुधबार एक कार्यक्रमका बीच विधिवत रुपमा मर्जर भई सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको हो । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद  सिलवालले एक  समारोहका बीच एकीकृत कारोबार शुभारम्भ गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । दुबै बीमा कम्पनी (१ः१) समान शेयर अनुपातमा एक आपसमा मर्जर भए पश्चात् बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी २ अर्ब ८० करोड भन्दा बढी हुने छ भने बीमा कोषमा २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ । 

यसैगरी कम्पनीको कुल सम्पत्ति १० अर्ब २५ करोड छ भने बजार पूजीकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्वारा जारी गरिएको बीमालेख संख्या ४१७१८२ रहेको छ । कम्पनीले १२५ शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप