झापा बुढासुब्बा गोल्डकपको फाइनलमा
धरान । भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज धरान रंगशालमा भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो । केएफटिसीकालागी विदेशी खेलाडी यमि, शुसिल राई र निशान लिम्बूले गोल गरे । खेलको २२ औं मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमिले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरे । त्यसपछि युकेएफसीका हेमराज भूजेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । भुजेलले प्रतीक लामाको पासमा हेड गोल गरेका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा केएफटिसीले थप दुई गोल ग¥यो । दोस्रो हाफको सातौँ मिनेटमा यमिको क्रसमा गिल्सन लिम्बुले मिलाइदिएको पासलाई केएफटिसीका सुशिल राईले गोल गर्दै खेलमा पुनः अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा शुशिल राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले गोल गरे । उनी प्रतियोगिताको उच्च गोलकर्ता समेत भएका छन् । उनले दुई खेलमा तीन गोल गरेका छन् ।
खेलको म्यान अफ द म्याच केएफटिसीका यमि घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताए । उनले गोल स्कोरमा समस्या भएको भन्दै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताए ।
आफूले बनाएको रणनीति अनुसार खेलाडीले खेल्दा जित निस्किएको केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले बताए । उनले पहिलो आफ्नो टिमले अग्रता बनाउँदा पनि डिफेन्स घाइते भएर मैदान छाड्नुपरेपछि गोल खाएको बताए ।
प्रतियोगिताको फाइनल खेल यही फागुन २० गते धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग वियरले मुख्य प्रायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध