एमालेमा फर्कन वामदेवलाई ओलीको प्रस्ताव, ७० वर्षे प्रावधान हटाउन गौतमको माग
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी समेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न बुधवार दिउँसो गौतमकै निजी निवास भैंसेपाटी पुगेका ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह समेत गरेका हुन् ।
‘राष्ट्रपति निर्वाचनमा तपाईले भोट त सुवासलाई नै दिनुहुन्छ । यसमा अरु कुरै भएन, एमाले पार्टी पनि तपाईंकै हो, नेकपा एमाले तपाईले नै निर्माण गरेको पार्टी हो । तपाई अब पार्टीमा फर्कनुस्’, अध्यक्ष ओलीले गौतमसँग मत माग्दै भनेका थिए । जवाफमा गौतमले एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन अनुरोध गरेका थिए ।
‘७० वर्षे उमेर हद जो राखिएको छ त्यो अवरोध नहटाई अघि बढ्न सकिँदैन । पहिला त्यो प्रावधान हटाउनुस् भनेको छु’, ओलीसँगको भेटवार्तापछि गौतमले रातोपाटीसँग भने, ‘उहाँले म यो मिलाउँछु भन्नुभएको छ कति मिलाउनुहुन्छ त्यो हेर्न बाँकी छ ।’ एमालेको विधानअनुसार ७० बर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ ।
तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय उनी एमालेबाटै विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पार्टी एकताका लागि संवदामा छन् । त्यसक्रममा गौतमले माधव नेपाल नेतृत्वको पार्टीले जनताको बहुदलीय जनवाद (जवज) लाई अंगाल्नुपर्ने बताउदै आएका छन् । गौतमको यो प्रस्तावमा नेता नेपालले निर्णय नगर्दा गौतम र नेपालको पार्टीबीत एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता