चीनले औद्योगिक उत्पादनमा गति लियो, जापान द्रुत गतिमा पछाडि पर्यो

कोरोना महामारीपछि एसियाका दुई ठुला अर्थतन्त्रमा पूर्णतया विपरीत प्रवृत्ति देखिएको छ । चीनको उत्पादन गतिविधि पछिल्लो एक दशकमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको छ भने जापानमा विगत दुई वर्षमा उत्पादनमा सबैभन्दा छिटो सङ्कुचन देखेको छ।
कोरोना महामारीपछि औद्योगिक उत्पादनलाई ट्याकमा ल्याउने तीव्र प्रयास भइरहेको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ । यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो ।
जबकि जापानमा निजी उत्पादन पीएमआई सूचकाङ्क फेब्रुअरीमा ४७.७ मा रह्यो । यो जनवरीमा ४८.९ थियो । जापानको अर्थतन्त्रमा गिरावटको दर सेप्टेम्बर २०२० यताकै उच्च हो । यो सूचकले अर्थतन्त्रको प्रवृत्ति देखाउँछ ।
पिएमआई एक स्केल हो जसको आङ्कलन ० देखि १०० बीच गरिन्छ । यदि यो रिडिङ ५० भन्दा माथि छ भने, यसको अर्थ अर्थतन्त्र अघिल्लो महिनाको तुलनामा विस्तार भएको छ । यदि कम भएमा अर्थव्यवस्थाको गतिमा कमी आएको छ भनेर बुझ्नुपर्छ ।
कोरोना भाइरसका बेला कडा प्रतिबन्ध लगाएपछि चीनको प्रदर्शन अपेक्षाभन्दा राम्रो भएको छ । गत वर्ष मात्रै विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा प्रतिबन्धहरू खुकुलो पारिएको थियो ।
चीनका लागि सन् २०२२ आर्थिक वृद्धि दरको हिसाबले आधा शताब्दी यताकै सबैभन्दा खराब रह्यो किनभने त्यहाँ लामो लकडाउन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
-
सोमबार कुन राशिका लागि शुभ ?
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित