शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पृथ्वी शाह र उनको समूहमाथि चारवटा मुद्दा लगाउने सिआइवीको तयारी

बुधबार, १७ फागुन २०७९, १५ : ५५
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चारवटा मुद्दा चलाउनुपर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाई विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धि कसूर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो । अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदुतावासलेनै जानकारी गराएपछि पृथ्वीबहादुर शाह सहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गा लगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन् । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए । उनले उनीहरुमाथि सहकारी ऐन अनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताए ।

prithivi2

उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत् उजुरी दिएका छन् । केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरुमा प्रायः बृद्धबृद्धा रहेको पनि प्रवक्ता थापाले बताए ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सिआईवीको अनुसन्धानमा उल्लेख गरिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप