सेनाका कर्णेल र लेप्टिनेन्ट कर्णेललाई बयानका लागि बोलाइयो

काठमाडौँ । सैनिक अदालतले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिनालाई बयानको लागि बोलाएको छ । आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएको आरोपमा उनीहरूलाई बयानमा बोलाइएको हो ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाह र तिमिल्सिनालाई सोधपुछ गर्न बोलाइएको जानकारी रातोपाटीलाई दिए । उनीहरुमाथि सैनिक अनुशासन उल्लंघनको आरोप रहेको प्रवक्ता भण्डारीले बताए ।
उपरथी शाहीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।
समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको जानकारी प्रवक्ता भण्डारीले दिए । ‘उहाँहरुलाई सैनिक अनुशासन उल्लंघनको आरोपमा सोधपुछका लागि बोलाइएको हो, ’ प्रवक्ता भण्डारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित
-
युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ?
-
होलीको दिन के गर्दैछन् नेताहरू ?
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने