४ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृताअवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी महोत्तरीको मटिहानी नगरपालिका-६ पर्सापतैलीस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ भंसार टोल बस्ने ५५ वर्षीय सुरेश साह केशरा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका-२ डम्फास्थित बाटोमा सोही ठाउँ बस्ने ३२ वर्षीया सुनिता थामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत सोमबार घरबाट घाँस काट्न जान्छु भनी हिडेकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त ठाउँमा उनको शव फेला परेको हो ।
यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका-३ नेउलापुरस्थित पेटीमा पनि सोही नगरपालिका-५ गोबिन्दपुर बस्ने ४० वर्षीया सन्चुरिया थारु मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान