सूर्योदय वोमी लघुवित्तले ५ प्रतिशत बोनस दिने
बुधबार, १७ फागुन २०७९, ११ : ४३
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । कम्पनीको सञ्चालक समितिको २०२ औं बैठकले गरेको प्रस्ताव आगामी आर्थिक वर्षको साधारण सभाबाट पारित हुनुपर्ने छ ।
लघुवित्तले लाभांश कर भने वितरण गरेको छैन । साबिक वोमी लघुवित्त वित्तीय संस्था र साबिक सूर्योदय लघुवित्त वित्तीय संस्था आपसमा मर्जर भएका कारण २ वर्षसम्म लाभांशमा कर छुट पाइन्छ । यही व्यवस्थाका कारण कर प्रयोजनका लागि लाग्ने करबापतको नगद लाभांश प्रस्ताव गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे