१३९ जना इन्स्पेक्टरको काज सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गरेको छ । मङ्गलवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकलाई काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले काजमार्फत १० महिना अवधि पुरा भएका इन्स्पेक्टहरुलाई पनि सरुवा गरेको छ । प्रहरी प्रभाग कपनमा स्मृति सिलवाल, इलाका प्रहरी कार्यालय खजुरी धनुषामा राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा पञ्चलाल गोलेलाई सरुवा गरिएको छ ।
इन्स्पेक्टर फुलमाया घिसिङलाई प्र्रहरी प्रभाग साँखुमा सरुवा गरिएको छ । प्रहरी प्रभाग कोटेश्वरमा विनोद सुवेदी, प्रहरी प्रभाग बाँडे गाउँमा नकुल राज गौतम, इप्रका मेलम्चीमा नवराज सापकोटा, इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा बबिन्द्र नेम्बाङ्ग र जिल्ला ट्राफिक कार्यालय वीरगन्जमा मणिराम थापालाई सरुवा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहामा मीन बहादुर बस्नेतलाई सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा शेखरजंग मल्ल र प्रहरी प्रभाग सानेपा ललितपुरमा सचिता थापा मगरलाई काज सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट