आठ दलीय गठबन्धनको सरकारमा माओवादी र जनमत मात्र !
काठमाडौँ । एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले आठ दलीय गठबन्धनका प्रधानमन्त्री बनेका छन् । फागुन १३ मा राष्ट्रपतिको उम्मेदवारी दिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड आठ दलीय गठबन्धनमा सामेल भएका हुन् । प्रधानमन्त्री प्रचण्ड आठ दलीय गठबन्धनका प्रधानमन्त्री भएपनि सरकारमा भने दुई दलमात्र छन् । सरकारमा अहिले प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र र जनमत मात्रै सहभागी छन् ।
राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समिकरण फेरिएसँगै सरकारमा दुई दल मात्र रहेका हुन् । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्वकर्ता दल माओवादी कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिन पुगेपछि पुस १० मा बनेको गठबन्धनका साझेदार दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सरकार छोडेपछि सरकारमा २ दलमात्र बाँकी रहेका हुन् । पुस १० मा बनेको एमाले नेतृत्वमा बनेको गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी रहेका थिए ।
त्यसमध्ये जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भैसकेका थिएनन् । तर माओवादी, एमाले, रास्वपा, राप्रपा र जनमत गरी चार दल सरकारमा थिए । ती मध्ये तीन दल एमाले, राप्रपा र रास्वपाले सरकार छाडिसकेका छन् । पछिल्लो समय आठ दलीय नयाँ सत्ता समीकरण बनेपनि प्रधानमन्त्री प्रचण्डले अरु दलललाई सरकारमा सहभागी गराइसकेका छैनन । अहिलेको समीकरणमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
राजनीतिक समीकरण फेरिएसँगै प्रधानमन्त्री प्रचण्डले संसदबाट पुन विश्वासको मत लिने र मन्त्रिमन्डल पुनर्गठनको तयारी गरिरहेका छन् । तर फागुन २५ मा राष्ट्रपति निर्वाचन मिति रहेकाले त्यसपछि मात्रै विश्वासको मत लिने र मन्त्रिमण्डल पुनर्गठन गर्ने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । राष्ट्रपति निर्वाचनको आचार संहिता आज फागुन १७ बाट लागू भएपछि त्यसलाई समेत मध्यनजर गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन त्यसपछि मात्रै गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अरब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
-
ठगी गरेको आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
-
निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरू)