दश दिनपछि सुनको मूल्य बढ्यो, चाँदीको भाउ पनि उकालो
![दश दिनपछि सुनको मूल्य बढ्यो, चाँदीको भाउ पनि उकालो](https://rpcdn.ratopati.com/media/albums/gold_B9N3ARO4up.jpg)
काठमाडौँ । नेपाली बजारमा १० दिनपछि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले फागुन ७ गतेयता सुनको मूल्य बढेको जानकारी दिएको हो । ७ गतेयता बजारमा सुनको मूल्य निरन्तर घटिरहेको थियो ।
उक्त मितिमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँ थियो । जबकि, हिजो मंगलबारसम्मको अवधिमा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा आइपुगेको थियो ।
आज बुधबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । आज १० दिनपछि बल्ल सुनको मूल्य बढेको हो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ