मस्को नजिक ड्रोन दुर्घटना, रुसले के भन्यो ?

रुसको मस्को क्षेत्रमा ड्रोन दुर्घटना भएको खबर छ । यस सम्बन्धमा त्यहाँका गभर्नरले आवासीय क्षेत्रमा आक्रमण गर्ने प्रयासको रूपमा यो ड्रोन पठाइएको हुनसक्ने बताएका छन् । रक्षा मन्त्रालयले दुई युक्रेनी ड्रोन खसालेको जानकारी दिएपछि गभर्नर एन्ड्रे भोरोब्योभको यो बयान आएको हो ।
युक्रेनले रुस भित्र भएको आक्रमणको जिम्मेवारी लिएको छैन । यो ड्रोन दुर्घटना भएको ठाउँ रुसको सरकारी एनर्जी कम्पनी गाजप्रोमको इकाइ हो । यो ठाउँ मस्को देखि १०० किलोमिटर टाढा छ ।
गाजप्रोमले रुसको समाचार एजेन्सी नोवोस्तीसँगको कुराकानीमा कोलोम्ना जिल्लामा कम्पनीको काममा कुनै अवरोध नआएको बताएको छ ।
आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, ‘ड्रोनको लक्ष्य कोलोम्नाको आवासीय क्षेत्र थियो, जसमा कुनै क्षति पुगेको छैन । जनधनको क्षति पनि भएको छैन । रुसको सुरक्षा सेवा र अन्य एजेन्सीहरू घटनास्थलमा छन् र अनुसन्धान जारी छ ।’
रुसका सञ्चारमाध्यम र अधिकारीहरूले शेयर गरेका तस्बिरहरूमा ड्रोन रुखको बीचमा खसेको र नजिकै हिउँ परेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
-
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी
-
गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान