आज २०७९ फागुन १६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
प्रधानमन्त्री प्रचण्डलाई थप ८ मन्त्रालयको कार्यभार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको हो ।
उपनिर्वाचनको तयारी
गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार हुने तयारीमा छन् । उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने योजनामा रहेको बताइन्छ ।
उपनिर्वाचनका लागि १८ दल दर्ता
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
१४ देशका चिकित्सक
नेपालमा १४ देशका चिकित्सकले काम गरेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार हाल नेपालमा ३१८ जना विदेशी चिकित्सक कार्यरत छन् । काउन्सिलबाट अनुमति लिएका विदेशी चिकित्सकमध्ये सबैभन्दा धेरै भारतीय छन् । नेपालमा २७२ जना भारतीय चिकित्सक कार्यरत रहेको काउन्सिलले जनाएको छ ।
परिचारिकामाथि अभद्र व्यवहार
सात महिनाअघि (१२ साउन २०७९ मा), मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौँ उडानका क्रममा रहेको नेपाल वायुसेवा निगमको आरए–४१६ जहाजका पाइलटले क्याबिन क्रु मेम्बर (विमान परिचारिका)माथि अभद्र व्यवहार गरेको घटना यतिखेर चर्चामा छ ।
धमाधम कर्मचारी कटौती
कोभिड महामारीपछि सबैजसो क्षेत्रमा आर्थिक मन्दीको असर देखिएको छ । सरकारले विकास खर्च गर्न नसक्दा र नेपाल राष्ट्र बैंकले एलसी खोल्दा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधानले झनै समस्या आएको व्यवसायीको भनाइ छ । यस्तै, नेपाल सरकारले नै लामो समय आयात प्रतिबन्ध लगाउँदा समेत नेपाली बजार प्रभावित भइरह्यो । यही कारण यतिबेला बजारमा निर्माण सामग्रीको माग न्यून अवस्थामा आइपुगेको छ र उद्योगहरुले उत्पादन रोकिरहेका छन् । कयौं उद्योगले धमाधम कर्मचारी कटौती गरिरहेका छन् ।
मन्त्री बन्न दौडधुप
पुस १० मा बनेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा लागेका छन् । यस्तो दौडमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरु लागि परेका छन् । मन्त्रीका आकांक्षीहरु शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् ।
सुदूरपश्चिममा सकस
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिने तयारीमा जुटेका छन् । पछिल्लो समय केन्द्रमा बनेको सत्ता समीकरण अनुसार उनी प्रदेशसभामा विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।
कर्णालीको विकास
कर्णाली प्रदेश सरकारसँग चालु आर्थिक वर्षका लागि १९ अर्ब ४५ करोड ९ लाख २४ हजार विकास बजेट छ । तर विकास बजेटको कार्यान्वयन भने कछुवाको गतिमा छ । माघ मसान्तसम्म वार्षिक विकास बजेटको जम्मा १२.३२ प्रतिशत अर्थात् २ अर्ब ३९ करोड ६९ लाख ९४ हजार ४०४ रुपैयाँमात्रै कार्यान्वयनमा आएको छ ।
अन्तिम नामावली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको हो ।
प्रतिक्रिया