भृकुटीमण्डप जग्गा लिज प्रकरण : कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
सांसद गुरुङले उक्त जग्गामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले मंगलबार नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टीका नेता बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए । गुरुङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ अनुसार मतियारको रुपमा दोषी ठहर गरिएको प्रवक्ता योगीले बताए ।
गुरुङलाई दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि फागुन २५ गते पेशी तोकिएको उनले बताए । मुद्दा विचाराधीन रहेकै बेला उनी मंसिरमा भएको निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त