राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन
मङ्गलबार, १६ फागुन २०७९, २० : २४

काठमाडौँ । आसन्न राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । मंगलबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन समय दिइएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम प्रकाशित अन्तिम नामावलीमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ रहेका छन् । फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगमनको चलबलाहट र वामपन्थी कर्तव्य
-
होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउछ : पूर्वराष्ट्रपति
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची'को केकी र रेखाद्वारा अनावरण
-
कफीदेखि फलफूलसम्म : खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज
-
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक