इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी

इस्लामाबाद । तोशाखाना मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको छ । इस्लामाबादको जिल्ला तथा सत्र अदालतका न्यायाधीश जफर इकबालले उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गर्ने आदेश दिएका छन् । वास्तवमा, इमरान तोशाखाना मुद्दामासुनुवाइको क्रममा उपस्थित हुन असफल भएका थिए। त्यसपछि उनीविरुद्ध गैर जमानती वारेन्ट जारी भएको थियो ।
खानले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारबारे गलत जानकारी दिएको आरोप छ । तोशाखाना पाकिस्तानको मन्त्रिपरिषद्को एक भाग हो जहाँ सरकार, राष्ट्र प्रमुख र अन्य देशका विदेशी पाहुनाहरूले दिएका बहुमूल्य उपहारहरू राखिन्छन्। नियम अनुसार अन्य देशका राष्ट्रप्रमुख वा प्रतिष्ठित व्यक्तिबाट प्राप्त उपहार तोशाखानामा राख्नुपर्ने हुन्छ ।
इमरान खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बने । अरब देशको भ्रमणका क्रममा उनले त्यहाँका शासकहरूबाट महँगो उपहार पाएका थिए। उनले धेरै युरोपेली देशका राष्ट्राध्यक्षहरूबाट बहुमूल्य उपहार पनि पाएका थिए, जुन इमरानले तोशाखानामा जम्मा गरेका थिए। उनको सरकारले यो सम्पूर्ण प्रक्रियालाई कानुनी अनुमति दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ
-
नेपाललाई टाइम पत्रिकाले विश्वका सय उत्कृष्ट ठाउँको सूचीमा राख्यो
-
प्रधानमन्त्री कप क्रिकेट : बाग्मतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य
-
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
-
मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान
-
बलिउड अभिनेता देव मुखर्जीको निधन