श्रीलङ्काले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने

कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेट ए–१ उड्डयन इन्धन हाल सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले विमानलाई आपूर्ति गरिरहेको बताएका छन् ।
विगत वर्षमा देशकै जेट ए–१ इन्धन उत्पादन हुने सपुगास्कण्ड आयल रिफाइनरीको सञ्चालन विदेशी मुद्रा अभावका कारण अवरुद्ध भएको गुणवर्द्धनेले बताए । विदेशी मुद्रा सञ्चिति अभावका कारण जेट ए-१ इन्धन आयात गर्नु पनि सीपीसीका लागि निकै ठूलो चुनौती रहेको उनले बताए ।
पछिल्ला महिनाहरूमा पर्यटक आगमन बढेका कारण श्रीलङ्का आउने विमानको सङ्ख्यामा वृद्धि भएको छ । साथै श्रीलङ्काले कार्गो र यात्रुवाहक हवाई जहाजका लागि जेट ए-१ इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न आवश्यक रहेकाले सो निर्णय लिइएको प्रवक्ताको भनाइ छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु