रातको समयमा काठमाडौँको टोखामा सहकारी चोर्ने पक्राउ
मङ्गलबार, १६ फागुन २०७९, १७ : २९
_YHL9AFUPCe.jpg)
काठमाडौँ । रातको समयमा काठमाडौँको टोखामा सहकारी चोरी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भई काठमाडौँको तारकेश्वरमा बस्ने रूप बहादुर तामाङ रहेका छन् ।
उनले माघ ३ गते टोखाको मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफसहित नगद २ लाख चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बसुन्धाराबाट चोरी गर्न प्रयोग भएको औजार तथा नगद सहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी