सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘एमालेले लोभ देखाए पनि कांग्रेसबाट अब धोका हुँदैन’

एमालेले मादल बजाउँदा ताल हुने, अर्कोले बजाए कर्कस स्वर भइहाल्ने ? : गगन थापा
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भत्किएर कांग्रेस नेतृत्वको गठबन्धन बनाउन लागिपरेका महामन्त्री थापाले ८ दलीय गठबन्धन पाँचै वर्ष जाने बताए । 

पुस १० मा कांग्रेस र माओवादीले एमालेसँग लसपस गर्ने कुरा गलत थियो भन्ने दुवै दलभित्र महसुस भएपछि चुनावअघिको गठबन्धन ब्युँतिएको उनको भनाइ छ । यसपटक नेपाली कांग्रेसले माओवादीसँग संस्थागत समझदारी गरेकाले धोका नहुने उनको जिकिर छ । यस्तै उनले विगतमा राजनीतिक समझदारीमा कांग्रेसबाट बेमानी भएको स्वीकार गर्दै यसपटक दाग मेटाउने अवसर भएको पनि बताए । सत्ता समीकरणमा आएको उलटफेर र ८ दलीय गठबन्धनको सहकार्यबारे केन्द्रित रहेर महामन्त्री थापासँग रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ -

पुस १० मा सबै गुमाएको कांग्रेस दुई महिनामै सत्ता फर्किने परिस्थिति कसरी बन्यो ? यो बीचमा के के भयो ?

पुस १० गते जे भयो, त्यो अनपेक्षित, अप्रत्यासित, अस्वाभाविक र अवाञ्छित पनि थियो । २०७० सालको जस्तो हामी एक्लाएक्लै निर्वाचनमा गएर कुनै एक दलले बहुमत प्राप्त नगरेको अवस्था भए हामी जो जोसँग मिलेको भए पनि हुन्थ्यो । तर हामी निर्वाचनमा पाँचवटा दल मिलेर गठबन्धनका साथ गयौँ ।

मत माग्दा पनि एउटाले अर्को दलको चुनाव चिह्नमा मत माग्यौँ । हामीले मतदाताको छनोटलाई सीमित गरिदियौँ । यो पाँच वर्षमा हामी एक ठाउँमा रहन्छौँ भनेर मत माग्यौँ ।

त्यसैले पुस १० गते हामीले एमालेसँग अपेक्षा, वा लसपस गर्ने कुरा मूलतः गलत थियो । परिणाममा बनेको माओवादी र एमाले लगायतको गठबन्धन पनि गलत थियो । यो गलत भयो भन्ने कुराको महसुस नेपाली कांग्रेससँग त छँदै थियो, नेकपा माओवादी केन्द्रमा पनि हुन पुग्यो । 

एमालेले सभामुखमा उम्मेदवारको चयन र राष्ट्रपतिको उम्मेदवार चयन गर्ने कुराको जे सङ्केत गर्‍यो, त्यसले यो गठबन्धन अगाडि जान सक्दैन भन्ने निष्कर्षमा माओवादी पुग्यो । हामी पुस १० गते गरेको कमजोरी सच्याएर जानुपर्छ भन्नेमा छँदै थियौँ ।

त्यसपछि दुईवटा परिघटना भए । एमालेका नेता केपी शर्मा ओलीले संसद्को पहिलो दिन संसद् विघटनको घटनाको बचाउ मात्र गर्नु भएन कि हिजो संसद् विघटनको खिलापमा लागेका शक्तिको चर्को आलोचना गर्नुभयो । मैले त्यही बेलामा मैले नोट गरेर भनेको थिएँ– सात दलीय गठबन्धन टुट्ने बिजारोपण आज भयो । किनकि यो हेर्दा सामान्य लागे पनि प्रचण्डलाई सामान्य लाग्दैन ।

गएको तीन चार वर्षको राजनीतिलाई कसैले एक्लै मेटाउन सक्दैन । राजनीति र सरकार सञ्चालनका हिसाबले पनि माओवादी केन्द्रले एमालेसँग सँगै बस्ने कुरालाई कम्फर्टेबल ठानेन । एमालेसँग सँगै बस्ने कुराको विकल्प नभएको भए असहजताका बीचमा पनि माओवादी बस्न सक्थ्यो । तर नेपाली कांग्रेसले हामीसँगै जान सक्छौँ भनेपछि माओवादी केन्द्रका लागि एउटा स्पेस त्यहाँनिर आयो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा कांग्रेसभित्र भिन्न भिन्न मत थिए । मलगायत केही साथीहरूको विश्वासको मत दिनु हुन्न भन्ने राय थियो । त्यो राजनीतिक सन्दर्भमा विश्वासको मत दिने कुरा गलत थियो भन्ने थियो । तर पार्टीले विश्वासको मत दिने निर्णय गर्‍यो । त्यसले केही न केही सहज वातावरण बनायो । 

यसका साथै एमालेले सभामुखमा उम्मेदवारको चयन र राष्ट्रपतिको उम्मेदवार चयन गर्ने कुराको जे सङ्केत गर्‍यो, त्यसले यो गठबन्धन अगाडि जान सक्दैन भन्ने निष्कर्षमा माओवादी पुग्यो । हामी पुस १० गते गरेको कमजोरी सच्याएर जानुपर्छ भन्नेमा छँदै थियौँ ।

योबीचमा चरणबद्ध संवाद भए । माओवादी केन्द्रले कांग्रेससँग पुस १० गते भएको जस्तो दुर्घटना हुन्छ कि हुँदैन भनेर आश्वस्तता खोज्यो । अस्थिर, अविश्वासी, घातीजस्ता आरोप खेपेर यत्रो ठूलो जोखिम हामीले उठाउँदा कांग्रेस इमानदारिता राख्छ कि राख्दैन भन्ने प्रश्न उसको निरन्तर रह्यो । यो कुरा नेपाली कांग्रेसका तर्फबाट सबै एक ठाउँमा उभिएर विश्वास दिलायौँ ।

त्यो बेला एमाले एकै पटक बालुवाटार र खुमलटार पुग्यो । बालुवाटार र खुमलटारलाई एकै पटक अलमल्याएर एमालेले खुमलटारलाई मिलाएर सरकार बनायो । 

चुनावपछि सरकार बनाउने कांग्रेसले ढङ्ग पुर्‍याउन सकेन । तर सरकार बनेको दुई महिनामै  कांग्रेस अस्थिरताको कारक बनेर अगाडि आयो । कांग्रेसको राजनीति नै सत्ताका लागि मात्र रैछ हैन त ?

पहिला हामीले पुस १० गते के भयो भनेर हेर्नुपर्छ । अनि मात्र हामीले फागुन १०–१२ गते के भयो भन्ने कुराको सही ढङ्गले विश्लेषण गर्नसक्छौँ । पुस १० गते कांग्रेस र माओवादी मिलेर एउटा गठबन्धनको सरकार बन्नुपथ्र्यो । को पहिला प्रधानमन्त्री हुने भन्ने कुरा नेता र पार्टीहरूको बीचमा विमति रह्यो ।

चुनावपछि पाँच दलीय गठबन्धनले सरकार बनाउने म्यान्डेट पाएको थियो । एमालेले त्यो बेलामा पाएको म्यान्डेट पनि पाँच वर्ष प्रतिपक्षमा बस्ने थियो । तर पुस १० मा एमालेले छल र झेल गर्‍यो । कांग्रेसलाई भन्यो– तपाईंहरू प्रधानमन्त्री हुन चाहनुहुन्छ, माओवादीले धेरै चलखेल गरिराख्यो, तपाईं र हामी मिलेर सरकार बनाऔँ ।

माओेवादीलाई छाडिदिनुस् । हस्ताक्षर लिएर हामी केही मिनेटमा बालुवाटार आउँदैछौँ । एमालेसँग लसपस गर्ने कुरा हामीबाट गल्ती भयो । तर त्यही बीचमा एमालेले सँगै एउटा कोठामा हामीसँग गफगाफ गर्ने र अर्को कोठामा माओवादीलाई बामपार्टी एक ठाउँमा बस्नुपर्छ । हामी एक ठाउँमा आएर सरकार चलाउनुपर्छ भन्यो । त्यो बेला एमाले एकै पटक बालुवाटार र खुमलटार पुग्यो । बालुवाटार र खुमलटारलाई एकै पटक अलमल्याएर एमालेले खुमलटारलाई मिलाएर सरकार बनायो । 

त्यसपछि नेपाली कांग्रेसको ठाउँबाट हेरौँ । माओवादी र एमालेबीच राम्रो विश्वासको वातावरण बनाउनु भएको भए कांग्रेसले गल्ती भयो भन्ना साथ यो अवस्था बन्दैन थियो । तर कांग्रेस पुस १० मा बनेको अस्वाभाविक जालझेलबाट बनेको गठबन्धनलाई समयमै भत्काउन चाहथ्यो भन्ने कुरा लुकाउनुपर्ने थिएन । दुई महिना लाग्यो । यो दुई महिनाको समय खेर गयो । यसको जिम्मा हामीले लिनैपर्छ । हामी फेरि पुस १० को ठाउँमा फर्किएका छौँ । यसलाई सम्हालेर अर्को निर्वाचनसम्म पुर्‍याउने जिम्मेवारी छ । 

माओवादीले पाएको सांसद सिटमा हाम्रो मत छ भने हामीले पाएको सांसद माओवादीको मत छ । हामीले घोषणा गरेर एमालेको गठबन्धन भत्काउने प्रयास गरेका हौँ । 

प्रतिपक्षी भूमिका बिर्सिएर कांग्रेसले विश्वासको मत दियो । कांग्रेसका लागि अन्तिम सत्य सत्ता बन्यो । एमाले र माओवादीको विश्वासको सङ्कट पैदा गराउने काम त कांग्रेसले नै गर्‍यो नि ? 

संसदीय राजनीतिको विश्वासको मत दिएर प्रतिपक्षमा बस्छु भन्ने कुरा गलत हो भनेर मैले मत राखेर आएको भयो । त्यो मेरो कुरा भयो । तर नेपाली कांग्रेसले त्यो बेलाको गठबन्धनले विश्वासको मत दिएको हो । एमालेले, माओवादी सबैले विश्वासको मत मागेका थिए । हामीले विश्वासको मत दियौँ । विश्वासको मत दिँदै गर्दा हाम्रो मनमा एमाले र माओवादीको सम्बन्ध टुटोस् भन्ने थियो । 

यसमा कुनै ढाकछोप गर्ने कुरै भएन । हामीले सरकार बनाउने प्रयत्न गर्ने कुरा के अस्वाभाविक भयो र ? माओवादीले पाएको सांसद सिटमा हाम्रो मत छ भने हामीले पाएको सांसद माओवादीको मत छ । हामीले घोषणा गरेर एमालेको गठबन्धन भत्काउने प्रयास गरेका हौँ ।  हामीले जालझेल गरेको हो ? तपाईंले भनेजस्तो बाहिरका मान्छेले भन्न पाउनुहुन्छ । तर यो कुरा एमालेले भन्न पाउँदैन ।

८ दलीय गठबन्धन बनेपछि एमालेले मुलुक अस्थिरताको भूमरीमा फस्यो भनेर टिप्पणी गरेको छ । कांग्रेसले ढोक्सा थापेर मुलुकमा स्थिरता हुन दिएन भनिरहेकोमा तपाईंको जवाफ के छ ?

पुस १० गते कांग्रेस, माओवादीलगायतका दल मिलेर बनेको गठबन्धनले सङ्घ र सातै प्रदेशमा सरकार बनाउन सक्ने बहुमत प्राप्त गरी आएको अवस्था थियो । त्यो बेला एउटा कोठामा एउटासँग र अर्को कोठामा अर्कोसँग जालझेल गर्दै गर्दा एमालेलाई यो लागेन ? हामीले यो पटक चुनाव हारेको हो । यो गठबन्धनले चुनाव जितेको छ । सरकार बनाउने बिजनेस यिनीहरूको हो । यिनीहरूले बनाउन नसके के गर्ने सोचौँला भन्नुपर्ने हो ?

त्यही कुरा फागुन १० मा अर्कोले गर्दा अस्थिरता भयो, राष्ट्रघात भयो, सबै कुरा भइहाल्यो ? प्रधानमन्त्रीलाई मात्र आरोपित गरिरहँदा नेकपा एमाले पनि यो परिस्थितिको कारक हो । 

कांग्रेसले सरकार बनाउन नसकेपछि एमालेले सरकार बनाएको हैन र ? 

तर्कका लागि तर्क गर्ने हो भने त एउटा कुरा भयो । नभए तेस्रो दल दोस्रो दल मिलेर सरकार बनाए । दोस्रो दलले तेस्रो दलको चित्त बुझाउनै सकेन । तेस्रो दल फर्केर हामी कहाँ आयो । हामीले सम्हाल्यौँ भन्न नपाउने त ? एमालेले मादल बजाउँदा ताल हुने, अर्कोले मादल बजाए कर्कस स्वर भइहाल्ने त्यो ? एमालेले पुस १० गते जे कुरा गर्‍यो, त्यो सबै ठीक हुने  ।

त्यही कुरा फागुन १० मा अर्कोले गर्दा अस्थिरता भयो, राष्ट्रघात भयो, सबै कुरा भइहाल्यो ? प्रधानमन्त्रीलाई मात्र आरोपित गरिरहँदा नेकपा एमाले पनि यो परिस्थितिको कारक हो । 

प्रधानमन्त्री एमालेसँग गठबन्धन विर्सजन गर्न किन तयार भन्ने भन्ने प्रश्न त छ नि ? गठबन्धन फेर्दा माओवादीलाई के फाइदा भएको छ र ? राष्ट्रपति कांग्रेसको भन्दैछ । उपराष्ट्रपति जसपाले पाउँदैछ । प्रधानमन्त्री पनि एमाले नेतृत्वकै गठबन्धनमा बढी समय प्रचण्डले पाउनुहुहुन्थ्यो होला ।

आठ दलीय गठबन्धनमा प्रचण्डले पूरा कार्यकाल प्रधानमन्त्री पाउने कुरा होइन ।  थोरै समय प्रधानमन्त्री भए पनि होस् भनेर किन होला त ? यत्रो जोखिम उठाएर दुई महिनामै एउटा राजनीतिक दल किन भागेर गयो होला त ? किन साथ छाडेर गयो होला त ?

पुस १० मा हामीलाई पहिलो पटक जसरी पनि प्रधानमन्त्री चाहिएको थियो । हामीलाई नेकपा एमालेले झुक्यायो ।

पुस १० मा सरकार बनेपछि छिमेकीले पर्खाल नाघेर नेपालमा चलखेल गर्न खोजेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप थियो । छिमेकीको दबाबमा प्रचण्ड कांग्रेसको कित्तामा उभिएका हुन् कि ?

हामी लघुताभास र षड्यन्त्रको सिद्धान्तले यसरी गलिसकेका छौँ कि आफूले केही पनि गर्न सक्दैनौँ ठान्छौँ । पुस १० गते दुईवटा कोठामा दुईवटा पार्टी राखेर खेलाउँदा तपाईं महान् ? त्यहाँ कुनै चलखेल छैन । पुस १० छिमेकीको चलखेल भयो भनेर मैले भनिन नि । 

पुस १० मा कसले चलखेल गरेको हो त ? पुस १० मा हामीलाई पहिलो पटक जसरी पनि प्रधानमन्त्री चाहिएको थियो । हामीलाई नेकपा एमालेले झुक्यायो । नेकपा एमालेले पुस १० गतेपछि माओवादीसँगको संवेदनशीलतालाई केही ख्याल गर्न सकेन । सरकार बनेको पहिलो दिनैमै एमाले संसद् विघटनको कुरा शतप्रतिशत ठीक थियो । बाहिरबाट हेर्दा सरकारको प्रधानमन्त्री प्रचण्ड, हो कि केपी ओली छुट्याउनै गाह्रो हुने गरी ओलीजी हाबी भए ।

एमालेले गठबन्धन सम्हाल्नै सकेन । ‘सधैँ सबैलाई मूर्ख बनाउन सकिँदैन । एक पटक मूर्ख बनाउन सक्छु तर सबैलाई पटक पटक मूर्ख बनाउन सक्दिनँ’ भन्ने सामान्य कुराको ज्ञान हामीलाई हुनुपर्‍यो । अरूलाई पनि हुनुपर्‍यो ।

भारत र चीनका राजदूतको म्याराथुन दौडले नेपालको सत्ता राजनीतिमा छिमेकी देशको चलखेल छैन भनेर विश्वास भन्न सकिन्छ ?

राजनीतिक दलसँग सम्बन्ध राख्ने कुरामा छिमेकी देशका राजदूतहरू नेताहरूको जसरी घर–घर जानुहुन्छ, जसरी गएर भेट्नुहुन्छ । यो अशोभनीय देखिन्छ । त्यहाँ भारतको राजदूत पनि देखिन्छ, चीनको राजदूत पनि देखिन्छ । हामीले त्यसको सीमाहरू तय गर्न सकिरहेका छैनौँ । कतिपय ठाउँमा त अमर्यादित पनि लाग्छ । यी विषय खुला छलफल गर्नुपर्ने खालका छन् । हामीले सोच्यौँन भन्ने छ । तर मैले भेटेको पवित्र, तिमीले भेटेको राष्ट्रघात भन्ने ? मेरो ठाउँबाट यी हेर्दा सबै भेटघाट गलत हुन् । जसरी हामी भेट्छौँ, छलफल गर्छौं ।

हाम्रोबीच भएको समजदारी छ र हुँदै जान्छ, त्यसमा इमानदारिता र पारदर्शिता हुँदै जानुपर्छ । यहाँनिर पनि जालझेल सबै कुरा गर्नतिर गयौँ भने समस्या ल्याउँछ ।

एमालेले गठबन्धन सम्हाल्न नक्दा दुई महिनामै गठबन्धन फेरियो भन्नुभयो । अहिलेको आठ दलीय गठबन्धनलाई कांग्रेसले कसरी सम्हाल्छ ? कांग्रेसले यो गठबन्धन पाँचै वर्ष लिएर जान्छ ?

यसमा तीनवटा कुरा छ । सबैभन्दा पहिलो कुरा गठबन्धन सरकारका लागि भएको हो भन्नेमा कुरा लुकाउनुपर्ने नै छैन । सरकारकै लागि हो । तर सरकार केका लागि भन्ने हुन्छ नि त । हाम्रो सरकार नहुँदा के हुन्थ्यो, हाम्रो सरकार भएपछि के हुन्छ ? त्यो भनेको सरकारका कार्यक्रमहरू हुन् । हामी सरकार बनाइहालौँ जेजे हुँदै जाहोस् भनेर हुँदैन । 

सरकार केका लागि हो भनेर हाम्रो कार्यक्रम निर्देशित हुनुपर्‍यो, त्यसमा हामी बाँधिनुपर्‍यो । डेलिभेरी गर्न सकेनौँ भने के हुन्छ भन्ने दोस्रो कुरा हो । अहिले हामीलाई नागरिकले नजिकबाट हेरिरहेको छ ।

हामीले राम्रो डेलिभरी गर्‍यौँ भने फागुन १० मा ऐतिहासिक कुरा भएको रहेछ भनेर वाह–वाही हुन्छ । अहिले हामी काममा लाग्ने हो । हामीले केही गर्न सकेनौँ भने तपाईंले गरेको प्रश्नले लखेट्छ । फागुन १० मा बनेको गठबन्धन काम गर्न सकेन भने बरु पुस १० मै भनेको गठबन्धनले गथ्र्यो भनेर भन्दिन पाउने भए ।

हामीले यहाँ ध्यान दिनुपर्छ । तेस्रो कुरा भनेको हाम्रोबीच भएको समजदारी छ र हुँदै जान्छ, त्यसमा इमानदारिता र पारदर्शिता हुँदै जानुपर्छ । यहाँनिर पनि जालझेल सबै कुरा गर्नतिर गयौँ भने समस्या ल्याउँछ ।

–विगतदेखि नै सत्ता सहकार्य गर्दा राजनीतिक सम्झौतामा कांग्रेसले बेमानी गर्दै आएको देखिन्छ । २०७० सालमा एमालेसँग भएको सहमति २०७२ मा आएर कांग्रेसले कार्यान्वयन गर्न चाहेन । त्यसपछि अस्ति प्रचण्डसँग गरेको सहमति पुस १० मा कांग्रेसले तोड्यो । भोलिको दिनमा पनि कांग्रेस राजनीतिक सहमतिमा बेमानी गर्दैन भनेर कसरी विश्वास गर्ने ? 

मैले दुईवटा कुरा नेताहरूको बीचमा छलफलका क्रममा लगातार भनिराखेको छु । एउटा कुुरा अब हाम्रो सरकार बन्छ । काम गर्न सकेनौँ । परिणाम दिन सकेनौँ । जनता हाम्रो पक्षमा भएनन् भने सङ्ख्या मात्र भएर केही काम लाग्दैन । हामी सकिन्छौँ भनेर भनिरहेको छु । 

दोस्रो कुरा नेपाली कांग्रेसलाई केही दाग लागेको छ । फेरि हामीलाई दाग लाग्यो । मनौँ एक छिनपछि हामीलाई अर्को लाभ भयो । केही महिनापछि नेकपा एमाले आएर ‘किन बेकारमा कुर्नहुन्छ ? राष्ट्रपति तपाईंहरूको भइसक्यो । हामीहरू तपाईंलाई साथ दिन्छौँ । अब चारै वर्ष सरकार तपाईं चलाउनुस् । कांग्रेस र एमाले मिलौँ’ भन्न सक्छ । यस्ता कुनै कुराबाट नेपाली कांग्रेस भविष्यमा कही कतै अलमलियो भने अहिलेसम्म साना साना दाग मात्र लागेका छन् । अब त्यो पोतिन्छ । अनि नेपाली कांग्रेस भविष्यमा सबैभन्दा अविश्वसनीय राजनीतिक दलका रूपमा रहन्छ । त्यसैले यो विगतमा लागेका दाग मेटाउने मौका पनि हो । कांग्रेसले इमानदारिता देखाउछ, देखाउनुपर्छ ।

गठबन्धन राजनीतिको महत्त्वपूर्ण कुरा भनेको गठबन्धनको औचित्य र गठबन्धनमा रहेका राजनीति दलको विश्वासको कुरा हो । तर हामी गठबन्धनको औचित्य र दलहरूको बीचको विश्वासमा ध्यान नदिएर गठबन्धन मात्र बनाउछौँ ।

हामीसँग गठबन्धन चलाउने संस्कृति नै छैन । अहिले पनि देखियो । पुस १० गते एउटा भत्कियो । फागुन १० मा अर्को भत्कियो । अब पनि हामीले चलाउन सकेनौँ भने हामीलाई प्रश्न आइराख्छ । यो पटक कांग्रेस पार्टी नै एक ठाउँमा उभिएर कांग्रेसले जे–जे कुरा बोलेको छ, जे–जे कुरामा आज प्रतिबद्धता गरिएको छ, एक ठाउँमा पनि नचुकेर पूरा गर्छ भनेर हामीले भनेका छौँ । 

योभन्दा पहिला गठबन्धन निर्माणमा नेपाली कांग्रेसभन्दा पनि नेपाली कांग्रेसको नेता वा व्यक्ति हाबी भएको अवस्था हुन्थ्यो । हिजोको समझदारी पात्रसँग थियो भने आजको समझदारी पार्टीसँग हो । पात्रले धोका दिन सक्ला पार्टीले दिँदैन ।

अब कसैले चलखेल गरेर यो गठबन्धन तलमाथि हुँदैन । एमालेको चलखेलले कांग्रेस वा अरू कुनै पनि लोभिएर जाने अवस्था बन्दैन ।

–गठबन्धन निर्माणमा तपाईंको पनि महत्त्वपूर्ण भूमिका देखियो । तपाईं पार्टीको महामन्त्री पनि हो । एमालेले पाँचै वर्ष प्रधानमन्त्रीको प्रस्ताव गरे पनि कांग्रेस आठ दलीय गठबन्धनमा दायाँ–बायाँ गर्दैन भनेर विश्वस्त तपाईं पार्न सक्नुहुन्छ ?

हो, हामी स्थिरताको कुरा गर्छौं । चुनावबाट कुनै एक दलको बहुमत नआएपछि जोसँग भए पनि मिलेर सरकार चलाउनै पर्‍यो । अस्ति पनि सात दल मिलेर बनेको हो । अहिले आठ दल मिलेर बनेको छ । यो सरकारको नेतृत्व फेरिएला, कुनै कुनै बेला मन्त्री फेरिएलान् । तर पाँच वर्ष निरन्तर यो गठबन्धन अगाडि जान्छ । अर्को चुनावसम्म यसले लिन्छ ।

अब कसैले चलखेल गरेर यो गठबन्धन तलमाथि हुँदैन । एमालेको चलखेलले कांग्रेस वा अरू कुनै पनि लोभिएर जाने अवस्था बन्दैन । दोस्रो कुरा म फेरि पनि दोहोर्‍याउछु डेलिभरी । हामीले आठ दलको गठबन्धन बनायौँ । प्रदेशमा सरकार पनि बनाउला । पाँच वर्ष पनि चलाउला । तर काम चाहिँ गर्न सकेनौँ भने जनता हामीसँग रहँदैन ।

तपाईंले डेलिभरी डेलिभरी भनिराख्नु भएको छ । यो पटक कांग्रेसले कस्ता मान्छेलाई मन्त्री बनाउँछ ? तपाईंको योजना के छ ?

अहिलेसम्म हामी राष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको र एमाले सरकारमा रहिरहेको अवस्थामा सरकारमा को जाने कसलाई पठाउने भन्ने विषयमा औपचारिक रूपमा प्रवेश गरेका छैनौँ । अहिजो एमाले सरकारबाट निस्किएपछि नयाँ परिस्थिति बनेको छ । प्रधानमन्त्रीले राष्ट्रपतिको निर्वाचनअघि मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ वा पछि भन्ने हो ।

त्यसपछि बल्ल हामी छलफल गरौँला । तर मलाई के लाग्छ भने को मान्छे जानेभन्दा पनि डेलिभरी गर्न सकेनौँ भने जनताको साथ हुँदैन । जनताको साथ पाउन सकेनौँ भने दुर्घटनामा पर्छौं भन्ने कुरा प्रधानमन्त्री, मेरो पार्टी सभापति, एकीकृत समाजवादीका अध्यक्षलाई पनि लाग्नुपर्छ । म डराएको छु, म साँच्चिकै डराएको छु । 

शक्ति बाँडफाँटबारे अब बल्ल छलफल सुरु हुन्छ ।

डेलिभरी गर्न सकेनौँ मने बर्बाद हुन्छ भन्ने डर सरकारमा भएको सबैलाई लाग्नुपर्छ । डर लागेपछि मात्र फलानो मान्छे मैले काम गर्न छानेको भन्ने हुन्छ ।  काम, काम, परिणाम, परिणाम भन्दै गएको भने माहोल बन्छ । अब हामीलाई कसले हल्लाउने आठ दल छ । 

राष्ट्रपति पनि हाम्रो प्रधानमन्त्री पनि हाम्रो । सातै प्रदेश हाम्रो, करिब ५ सय स्थानीय सरकार हाम्रो, देशै हाम्रो भनेर टाउँमा गन्न थाल्नुभयो भने अलि पछिसम्म टाउको बाँकी रहन्छ । तर जनता बाँकी रहँदैनन् । तपाईं डराउने कि नडराउने भन्ने कुरा महत्त्वपूर्ण हो । मलाई त्यो लाग्छ ।

आठ दलीय गठबन्धनमा शक्ति बाँडफाँट कसरी भइरहेको छ ?

शक्ति बाँडफाँटबारे अब बल्ल छलफल सुरु हुन्छ । राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउँदा सरकार बदलिन्छ भन्ने कुरा हामीलाई थाहा नभएको होइन । त्यो अनुमानयोग्य नै भयो । सरकार बदल्नुपर्छ भन्ने चाहनाले प्रयत्न गरेकाले लुकाउने कुरा केही भएन ।

तर एमालेले औपचारिक रूपमा सरकारबाट समर्थन फिर्ता नलिने बोलासम्म ती विषयमा प्रवेश गर्ने कुरा अपरिपक्व हुन्थ्यो । खालि हामीले एकअर्कालाई सँगै हिँड्ने समझदारीबाट तलमाथि गर्दैनौँ मात्र भन्यौँ । अब एक दुई दिनभित्र शक्ति बाँडफाँटको कुरामाथि छलफल प्रवेश हुन्छ । 

आठ दलीय गठबन्धनले यसअघिको गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई नै अगाडि बढाउँछ कि नयाँ बनाउँछ ?

चार पाँच वर्षका लागि न्यूनतम साझा कार्यक्रम वा एउटा कार्यदिशा नयाँ नबनाई हुँदै हुँदैन । नयाँ बनाउनै पर्छ । तर यी सबै कुरा औपचारिक जस्तो मात्र भएको छ । तीन चार जना बसेर घोषणापत्रका कुरा त्यसभित्र ठोसिदिने काम मात्र भएको छ । त्यस्तै गर्ने हो भने नबनाए पनि हुन्छ ।

हामीले प्रधानमन्त्रीलाई निरन्तर कमजोर बनाएर आफ्नो स्पेस खोजिराख्यौँ भने परिणाम प्राप्त हुँदैन ।

त्यसो भए न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ चाहिँ कस्तो ?

मुख्य कुरा भनेको यो यात्रा डरबाट सुरु गर्ने कि शक्तिको अनुभूतिले दिएको सन्तोषबाट भन्ने हो । हामी अहिले अर्थ सङ्कटमा छौँ । नागरिकमा ठूलो आक्रोश चुलिएको छ । लिमिट रिसोर्सबाट काम कसरी गर्ने कुरामा हाम्रो चिन्ता र चिन्तन हुनुपर्छ । खास चिन्तन केही पनि छैन, हाम्रो ध्यान अरू बेला चलाएजस्तै सरकार चलाउने हो । 

मन्त्रीसन्त्री भागबण्डा गर्ने भन्नेतिर गयौँ भने न्यूनतम साझा कार्यक्र कार्यान्वयन नै हुन सक्दैन । मेरो पछिल्लो समय कुराकानीका क्रममा प्रधानमन्त्रीमा काम गर्ने हुटहुटी रहेको पाएको छु । केही कुरा गरौँ भन्ने र एक खालको छटपटहाट पनि छ । केही काम गरिएन भने हामी कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्छौँ भन्ने कुराको उहाँमा छ  । अब व्यवहारमा अनुवाद गर्न सक्नुपर्‍यो ।

सरकारलाई सफल बनाउन तपाईंको भूमिका कहाँबाट कसरी हुन्छ ? यो पनि प्रस्ट पारिदिनु न ?

गठबन्धनले प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ जस्तो लाग्छ । गठबन्धनको एउटा राजनीतिक दलको हिसाबले हाम्रो फुल सपोर्ट रहन्छ । हामीले मन्त्री पठाउँछौँ, सबैले पठाउनुहुन्छ । हामी सरकार बनाउछौँ । तर सरकार बनाइसकेपछि ती मन्त्रीहरू प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ । हामीले प्रधानमन्त्रीलाई निरन्तर कमजोर बनाएर आफ्नो स्पेस खोजिराख्यौँ भने परिणाम प्राप्त हुँदैन ।

अगाडिका गठबन्धनमा प्रधानमन्त्रीलाई कमजोर बनाउने अभ्यास गर्यौँ । प्रधानमन्त्रीलाई स्वतन्त्र रूपमा काम गर्न दिएनौँ । गठबन्धनमा भोलि हामी पनि सरकार चलाउँछौँ । हामीले पनि अरूबाट त्यही अपेक्षा गर्नुपर्छ । अहिले अर्को दलको साथी प्रधानमन्त्री बनेका बेला पनि उसको अपेक्षा बुझ्नुपर्‍यो । 

मेरो भूमिका गठबन्धन दलका बीचमा जनताले महसुस गर्ने कार्यक्रम बनाउने हुन्छ । त्यो कार्यक्रमलाई सबैले स्वामित्व लिएर त्यसको कार्यान्वयनका प्रधानमन्त्रीलाई काम गर्न दिने वातावरण बनाउने कुरामा पार्टीको जिम्मेवार पदाधिकारीका रूपमा गठबन्धन र आफ्नो दलभित्र वकालत गर्ने काम गर्छु ।

हामीले एकअर्काको पोजिसनलाई सम्मान गर्दै हाम्रो अप्ठ्यारो माओवादीले बुझेर माओवादीको अप्ठ्यारो हामीले बुझेर गयौँ मने यो अगाडि बढ्दै जान्छ ।

सरकारको नेतृत्वको सन्दर्भमा आठ दलीय गठबन्धनमा के सहमति भएको छ ?

यति वर्ष यसरी आलोपालो होला भनेर बाहिर जुन अनुमान भएका छन् म बसेको ठाउँमा मैले थाहा पाएसम्म यसरी सहमति भएको भन्ने मलाई लाग्दैन । म सहभागी छलफलमा आलोपालो सहमति भएको छैन । नेताहरू बसेर कुराकानी गर्नुभएको छ ।

निरन्तर मिलेर जाने एउटा समझदारी उहाँहरूले गर्नुभएको छ । हामीले भनेका छौँ– तपाईंहरूले त्योभन्दा अगाडि थप कुराकानी हुँदा नलुकाउनुस् । जुन कुराको टुङ्गोमा पुग्नुहुन्छ, त्यो कुरामा पार्टीभित्र संस्थागत निर्णय गराउनुस् ।

प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिन सकिने कांग्रेसका केही पदाधिकारीको धारणा आएको थियो । छलफलमा  पाँचै वर्ष प्रचण्डलाई सरकारको नेतृत्व छाड्नेबारे कांग्रेस तयार भएको हो कि होइन ?

प्रधानमन्त्रीले यो गठबन्धन टिकाएर जाने कुराको सन्दर्भमा कांग्रेस लगायतका अरू दलहरूको भूमिकालाई न्यायोचित ढङ्गले स्थान दिँदै जाँदा सुखद परिणाम आउँछ भन्ने कुराको महसुस गरेर उदार र खुला भएर बैठकमा प्रस्तुत भएको पाएको छु ।

हाम्रा साथीहरूले पनि त्यो उदारताका साथ भन्नु भएको हो । मैले त्यसलाई अन्यथा लिन्नँ । हामी त्यहाँसम्म पनि जान तयार छौँ भन्ने कुरा हो यो । हामीले एकअर्काको पोजिसनलाई सम्मान गर्दै हाम्रो अप्ठ्यारो माओवादीले बुझेर माओवादीको अप्ठ्यारो हामीले बुझेर गयौँ मने यो अगाडि बढ्दै जान्छ । प्रधानमन्त्री र हामीले त्यसै नै अगाडि जाने मन बनाएका छौँ ।

अन्तिममा तपाईंमाथि एउटा व्यक्तित प्रश्न छ । पुस २६ मा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा तपाईंको नोटअफ डिसेन्ट थियो । आज पुस २६ कै जगमा कांग्रेस सत्तामा फर्किने परिस्थितिभन्दा तपाईं उत्साहित हुनुहुन्छ । तर तपाईंले के जवाफ दिनुहुन्छ भनेर प्रश्न उठाइएको पाइन्छ नि ?

जवाफ दिनका लागि के अप्ठ्यारो कुरा भयो र ? पुस २६ गते नोटअफ डिसेन्ट लेखेकै हो । किनकि हामीले प्रमुख प्रतिपक्ष दलको ठाउँबाट विश्वासको मत दिनुहुँदैन भन्ने राजनीतिक मान्यता हिजो पनि थियो, आज पनि छ । त्यो बेलामा विश्वासको मत नदिएर प्रमुख प्रतिपक्षीमा बस्दै गर्दा पनि एमाले नेतृत्वको गठबन्धन पर्छ भन्ने मेरो मनमा थियो ।

हिजो मैले एकदम गलत कुरा राखेँ भन्ने पटक्कै लाग्दैन । त्योबेलामा त्यही कुरा गर्नुपथ्र्यो भन्ने लाग्थ्यो । मैले कुरा राखेँ । चुनावअघि पनि मैले गठबन्धन गर्नुहुँदैन भनको थिएँ । तर पार्टीले गठबन्धन गरेर जाने निर्णय गर्‍यो । मैले मानेँ । पार्टी पद्धतिभित्र काम गर्ने तरिका यही त हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया