दैनिक १ अर्ब भन्दा धेरै भन्सार राजश्व असुली

काठमाडौँ । फागुन महिनामा भन्सार राजश्व असुली बढ्न थालेको छ । भन्सार विभागका अनुसार फागुन महिनायता दैनिक राजश्व सङ्कलन बढ्न थालेको हो । हाल दैनिक १ अर्ब रुपैयाँभन्दा धेरै भन्सार राजश्व सङ्कलन हुन थालेको विभागले जनाएको छ ।
फागुन महिना सुरु भएसँगै दैनिक १ अर्ब रुपैयाँभन्दा धेरै राजश्व सङ्कलन हुन थालेको हो । निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काका फागुन पहिलो सातायता दैनिक १ अर्ब २० करोड रुपैयाँसम्म राजश्व सङ्कलन भइरहेको छ ।
जबकि, माघ महिनासम्म दैनिक १ अर्ब रुपैयाँभन्दा न्यून भन्सार राजश्व सङ्कलन हुँदै आइरहेको थियो । उक्त समयमा सरदरमा दैनिक ८० करोडदेखि ९० करोड रुपैयाँ सङ्कलन भइरहेको थियो । सरकारले पुस १ गतेदेखि आयातमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटाएपछि राजश्व बढ्न थालेको विश्लेषण विभागको छ ।
‘प्रतिबन्ध हटे लगत्तै आयात बढ्ने र राजश्व सङ्कलनको लक्ष्य नजिक पुग्ने हाम्रो विश्लेषण थियो,’ खड्का भन्छन्, ‘तर, आयात प्रतिबन्ध खुलेको ३÷४ महिनापछि मात्रै आयात बढ्दो रहेछ ।’ अब चैतदेखि आयात पुरानै लयमा फर्कने विभागको आङ्कलन छ ।
फागुनको १५ दिनमा १६ अर्ब २९ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको छ । अघिल्ला महिनाहरूमा १५ दिनको अवधिमा दैनिक १ अर्बभन्दा न्यून राजश्व सङ्कलन भइरहेको थियो । यद्यपि, राजश्व सङ्कलन बढे पनि लक्ष्य भेट्टाउन भने मुस्किल देखिएको छ ।
फागुन महिनाको १५ दिनको अवधिमा सरकारले ५९ अर्ब ३ करोड रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएको थियो । ‘राजश्व सङ्कलनको लक्ष्य नभेटिए पनि बढ्न थालेको छ,’ खड्का भन्छन्, ‘हामीले प्रत्येक महिना भन्सार नाकाका प्रमुखसँग भर्चुअल बैठक गरेर राजश्व नबढ्नुको कारण बुझिरहेका छौँ ।’
यस्तै, नाकामा आएर जाँच पास नभएका वस्तुको छिटो र छरितोरुपमा जाँच पास गर्न दबाब दिइरहेको छ । यसका साथै, भन्सार नाकामा थुप्रेका वस्तुहरूको लिलामी प्रक्रिया समेत अघि बढेको छ भने महालेखा परीक्षकको कार्यालयले भन्सार राजश्व उठाउनुपर्ने भनेको ठाउँबाट समेत राजश्व सङ्कलन गर्ने क्रम तीव्रताका साथ अघि बढेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म