बागमती नदी संरक्षणका लागि छुट्टै कानुन बनाउने गृहकार्यमा सहरी विकास मन्त्रालय
काठमाडौँ । काठमाडौँको प्रमुख नदी बागमतीको संरक्षणका लागि सरकारले छुट्टै कानुन निर्माणको तयारी गरेको छ । सहरी विकास मन्त्रालयले बागमती नदी संरक्षण र विकास लागि छुट्टै ऐन बनाउनका लागि मस्यौदा निर्माण थालेको छ ।
सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बागमती नदी संरक्षणका लागि कानुन बनाउन मस्यौदा निर्माणको काम भइरहेको जानकारी दिए ।
बागमती संरक्षण तथा व्यवस्थापनको काम गर्न यसअघि मन्त्रीपरिषद्बाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आदेश, २०७३ निर्माण गरेर काम भइरहेकोमा अब ऐन बनाएर काम गर्ने तयारी गरिएको हो ।
यस्तै मन्त्रालयले नयाँ सहरी विकास नीतिको मस्यौदा तथा सहरी विकास ऐनको मस्यौदा पनि निर्माण गरिरहेको सचिव आचार्यले रातोपाटीलाई जानकारी दिए ।
यस्तै ३ अर्ब बजेटमा मध्यपहाडी लोकमार्गका विभिन्न १२ ठाउँमा नयाँ सहर निर्माणको परियोजनाको काम अघि बढिरहेको उनले बताए । यस्तै तराईमा हुलाकी राजमार्ग आसपास पनि सघन सहरीकरण कार्यक्रम अघि बढाइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)