नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्धार

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ । सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेका थिए ।
सो बारे जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ । उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ ।
यता तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङ्दीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ । सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षीय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्कविहीन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दी नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशङ्का गरिएको थियो ।
सो बारे जानकारी प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानीभित्र फेला पारी बाहिर निकालेको हो । उनको शव पोस्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बलले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु