रसुवागढी नाकाबाट हुन थाल्यो आयात

काठमाडौँ । चीनतर्फको व्यापारिक नाका रसुवागढीबाट आयात सुरु भएको छ । सोमबारदेखि रसुवागढी नाकाबाट आयात सुरु भएको नाका प्रमुख नारायण भण्डारीले जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै विगत १० दिनदेखि आयात रोकिएको र हिजो सोमबारदेखि आयात सुरु भएको जानकारी दिए । खासगरी, चीनले चिनियाँ नयाँ वर्ष र लोसारका कारण विगत लामो समयदेखि नाकाबाट निर्यात र आयात रोकेको थियो ।
‘करिब डेढ महिनादेखि आयात भइरहेको थिएन,’ भण्डारीले भने, ‘यसमा पनि १० दिन अघि सामान नेपाल भित्रिएको थियो । हिजोदेखि भने आयात पुनः सुरु भएको छ ।’ हिजो सोमबार ३ वटा कन्टेनरमा सामान आयात भएको नाका प्रमुख भण्डारीले बताए ।
चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा रसुवागढीबाट १५ अर्ब ५५ करोड ४६ लाख रुपैयाँको आयात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट उक्त नाकाबाट १० करोड १७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण